सुनसरीको सीमा क्षेत्रमा मानव बेचबिखन विरुद्धको अभियान

सुनसरीको सीमा क्षेत्रमा मानव बेचबिखन विरुद्धको अभियान
सुन्नुहोस्

धरान : सुनसरीको नेपाल–भारत सीमा क्षेत्रमा मानव बेचबिखन विरुद्धको अभियान सुरु गरिएको छ। सीमा क्षेत्रमा मानव बेचबिखनका घटनाहरूलाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय सुनसरीले यो अभियान सञ्चालन गरेको एसपी विपिन रेग्मीले बताए।

प्रहरीले सुनसरीका कोशी गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगरा गाउँपालिका, बर्जु गाउँपालिका र देवानगन्ज गाउँपालिकाका सीमा क्षेत्रमा मानव बेचबिखन विरुद्धको जनचेतना अभियान सञ्चालन गरिएको एसपी रेग्मीले बताए। 

उनले प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवसको अवसरमा सुनसरी मातहतका प्रहरी कार्यालयमार्फत मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बताए।

प्रहरीले सीमा क्षेत्रका स्थानीय भद्रभलादमी, बुद्धिजीवी, समाजसेवी र जनप्रतिनिधिहरूलाई उपस्थित गराई मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सचेतनामूलक प्रशिक्षण दिइएको एसपी रेग्मीले बताए।

सुनसरीमा नेपाल–भारत सीमा क्षेत्रबाट मानव बेचबिखनका घटना घटिरहेकाले यसको नियन्त्रण गर्न प्रहरीले अभियान सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.