भारतबाट अवैध रूपमा भित्र्याइएको मोबाइलका पार्टपुर्जा नियन्त्रण
गुलरिया : भारतबाट अवैध रूपमा भित्र्याइएको मोबाइलका पार्टस् प्रहरीले नियन्त्रणमा लिएको छ। बर्दियाको बढैयाताल गाउँपालिका-५ स्थित हलन चोकमा भे २ प ३०६५ नम्बरको मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा पाटपुर्जा नियन्त्रणमा लिइएको हो।
इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरी गस्ती टोलीले भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको अवस्थामा मोबाइलका पार्टस र एक्सोसिरिजहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले बताए।
२ लाख ४८ हजार ६५० रुपैयाँ बराबरको सामग्री बरामद गरिएको डीएसपी अर्यालले बताए। मोटरसाइकलसहित रितपूर्वक नियन्त्रणमा लिएको सामानहरू आवश्यक कारबाहीका लागि राजापुर भन्सार कार्यालय बर्दियामा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।