करेन्ट लागेर बालकको मृत्यु भएपछि बैतडीमा स्थानीयले गरे राजमार्ग अवरुद्ध

करेन्ट लागेर बालकको मृत्यु भएपछि बैतडीमा स्थानीयले गरे राजमार्ग अवरुद्ध
सुन्नुहोस्

बैतडी : बैतडीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। जिल्लाको सिगास गाउँपापलिका-९ बाच्पानी बस्ने दीपक बोहराका १२ वर्षीय छोरा बसन्त बोहराको करेन्ट लागेर मृत्यु भएको हो। 

शुक्रबार दिउँसो घरनजिकैको जंगलमा बाख्रा चराउन गएका बसन्तको जमिन नजिकैबाट तानिएको तारमा करेन्ट लागेर मृत्यु भएको आफन्त एवं स्थानीय डबल बोहराले जानकारी दिए। खोडपेदेखि श्रीभावर जोड्ने विद्युत लाइनको तार जमिन नजिकैबाट तानिएको र सोही तारबाट करेन्ट लागेर मृत्यु भएको उनले बताए। 

स्थानीयहरूले उचित क्षतिपूर्तिको माग गर्दै आन्दोलन थालेका छन्। विद्युत वितरण केन्द्रको लापरबाहीका कारण उक्त घटना घटेको भन्दै उचित क्षतिपूर्तिको माग गर्दै खोडपे-बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध पारेका छन्। 

स्थानीयहरूले सडक अवरुद्ध पारेको र विद्युत वितरण केन्द्रका प्रतिनिधि र पीडित पक्षबीच छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलारम पाण्डेयले जानकारी दिए। इलाका प्रहरी कार्यालय पाटनको टोली घटनास्थलमा रहेको र यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.