माओवादीलाई ओलीको प्रश्न : देशमा हिंसा भएकाले व्यवस्थापन गरेको हो,‍ महान् थियो भने किन छोड्या त्यो बाटो ?

माओवादीलाई ओलीको प्रश्न : देशमा हिंसा भएकाले व्यवस्थापन गरेको हो,‍ महान् थियो भने किन छोड्या त्यो बाटो ?

एमाले अध्यक्ष ओलीले माओवादी केन्द्र र प्रचण्डप्रति लक्षित गर्दै हिंसाको महिमा मण्डन नगर्न चेतावनी दिए।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीलाई जनयुद्ध महान थियो भने त्यो बाटो किन छाडेको भन्दै प्रश्न गरेका छन्। निजामती सेवा दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालमा हिंसा भएकाले त्यसलाई व्यवस्थापन गरेको बताएका हुन्।

ओलीले जनयुद्ध र जनआन्दोलन हुँदा त्यो फेल नहुने उल्लेख गरे। ‘हाम्रो देशमा हिंसा थियो, त्यसलाई व्यवस्थापन गर्नुपर्‍यो। केही मान्छेहरुले त्यसलाई महिमा मण्डन गरेको सुन्छु, त्यस्तो महान थियो भने किन छोड्या त त्यो बाटो ? किन आउनुपर्‍यो शान्ति प्रक्रियामा ? महान जनयुद्धै थियो भने त सफल पार्नुपथ्यो।’ प्रधानमन्त्री ओलीले भने,‘जनयुद्ध भन्ने चिज, जनयुद्ध हो भने त्यो फेल हुँदैन, जनआन्दोलन हो भनेपनि त्यो फेल हुँदैन। जन भइसकेपछि फेल हुँदैन। अब जनताको नाममा एक मुठ्ठी मान्छेले आफ्नो रहर, निर्देशित,प्रायोजित अथवा अरु प्रकारका रहरहरु लाद्‍न खोजियो भने त्यसलाई अस्वीकार गर्छ र बाटो बदल्नुपर्छ।’

ओलीले भने, ‘हिंसाको महिमामण्डन गरेर हामी अगाडि बढ्न सक्दैनौं, र त्यसले फेरि खतरा निम्त्याउँछ। हामी हिंसा नमान्नेहरू त छँदै छौँ, हिंसालाई महिमामण्डन गर्नु हुँदैन,प्रशंसा गर्नु हुँदैन।’

एमाले अध्यक्ष ओलीले माओवादी र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै हिंसाको महिमामण्डन नगर्न चेतावनी दिए। उनले झापा आन्दोलनमा जुन नीति लिएको थिए त्यो सही नीति भएन भनेपछि बदलेको उल्लेख गरे। सही भएन भने बदल्नुपर्ने उनको भनाई छ। ‘हिंसाको महिमामण्डन गरेर हामी अगाडि बढ्न सक्दैनौं, र त्यसले फेरि खतरा निम्त्याउँछ। हामी हिंसा नमान्नेहरू त छँदै छौँ, हिंसालाई महिमामण्डन गर्नु हुँदैन,प्रशंसा गर्नु हुँदैन।’

निजामती सेवा ऐनलाई अगाडि बढाउँछौं 

टीआरसीजस्तो विधेयक पास भएकाले सहमतिमै अब निजामती सेवा ऐनलाई अगाडि बढाउने उनले जानकारी दिए। निजामती सेवा ऐनलाई ऐनको रुप दिने उनको भनाई छ। 

‘निजामती सेवा ऐन निर्माण गर्नुछ, विधेयक पास गर्नुछ, यसका निम्ति हामीले छलफल गर्छौं। अहिले सरकारलाई धेरै अप्ठ्यारो चाहिँ छैन,किनभने सहज बहुमत सरकारसँग छ। यो धेरै तानतुनको होइन,दुई वटा पार्टीको सरकार छ, दुई वटा रेस्पोन्सिबल पार्टीहरूको सरकार छ।’ उनले भने,‘हामीले टीआरसीजस्तो बिल त पास गर्‍यौँ,सहमतिले अहिले। हामीसँग बहुमत छ भनेर बहुमतले पास गरेको होइन,आम रुपमा भन्ने हो भने सर्वसम्मतले पास गरेका हौँ।’

अरुलाई दोष दिएर नहुने भन्दै भविष्यका लागि राम्रो स्थिति सिर्जना गर्नुपर्ने दायित्व आफूहरूको भएको उल्लेख गरे। प्रधानमन्त्री ओलीले भने,‘हामीले देश बनाउनु छ। देश बनाउने हामीले हो। हाम्रा छोराछोरी देशभित्र बस्न छोडेका छन्। देशभित्र बस्न लायकको स्थिति सिर्जना गर्ने हामीले हो।’

उनले देशबाट युवाहरू बाहिरिरहेको भन्दै देश बनाउनुपर्ने जिम्मेवारी आफूहरूको भएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.