धादिङमा लाखे जात्रा सम्पन्न

धादिङमा लाखे जात्रा सम्पन्न
सुन्नुहोस्

धादिङ : धादिङको सदरमुकाम धादिङबेसीका नेवार समुदायले गाई जात्राको दिनदेखि शुरु भएको लाखे जात्रा (लाखेनाच)को आज शनिवार विधिवत रुपमा समापन गरेका छन्। 

झिंगु नेवाः समाज धादिङको अगुवाईमा सुरु भएको जात्राको आज शनिवार लाखे मारेर समापन गरिएको झिंगु नेवाः समाज धादिङका अध्यक्ष राजकुमार श्रेष्ठले बताए । डरलाग्दो भूतको रुपमा रहेको लाखेलाई भगवान कृष्णले बाँसुरी बजाएर आफ्नो मायाजालमा पारेर शिर छेदन गरि मारेको जनविश्वास छ । 

यो परम्परा धादिङका नेवार समुदायको आस्था र परम्परागत  संस्कृतिको प्रतिविम्बको रुपमा परिचित छ । नेवारहरुको विभिन्न कला र संस्कृतिमध्ये धादिङबेसी बजारमा देखाइने लाखेनाच सबैभन्दा चर्चित छ । नेवार समुदायमा बढी प्रचलनमा रहेको लाखेनाच वर्षौंदेखि चल्दै आएको मौलिक, सांस्कृतिक र जातीय पहिचान हो । 

विर्सजन गर्ने क्रममा जात्रामा सहभागीहरूलाई टीका लगाइ प्रसाद वितरण गरिएको थियो। अन्य समयमा रोक लगाइएको तर नेवारी समुदायमा पूजाआजा गर्दा प्रयोग गरिने सगुनसमेत सहभागीहरूलाई खुवाएर जात्राको रौनक र नेवारी समुदायको झलक दिएका हुन् । लाखे निकाल्ने दिनदेखि लाखे विसर्जनका बीचमा गाईजात्रा, रोपाइँ जात्रा, इन्द्र जात्रा लगायतका पर्वहरू मनाइन्छ। 

सांस्कृतिक महत्व 

राजा गुणकाम देवको पालादेखि लाखे जात्रा सुरु गरिएको भएता पनि राजा प्रताप मल्लको पालादेखि राक्षसको स्वरूपमा मुकुट लगाइ कालिकाको वस्त्र धारण गरि लाखे नाँच नाच्ने गरिएको पाइन्छ । काठमाडौं उपत्यकाबाट सुरु भएको यो जात्रा नेपाल अधिराज्यभर नेवार वस्तीहरुमा हुने गरेको छ । धादिङमा वि स २०६२ सालमा नेवार समुदायको आधिकारिक जिल्ला स्तरीय संस्था झिंगु नेवाः समाज, धादिङ स्थापना भएपछि सोही संस्थाको पहलमा विभिन्न स्थानहरूमा लाखे जात्रा सञ्चालन हुँदै आएको छ । 

लाखे नाचको विशेषता 

लाखे नाच लाखे जात्राको प्रमुख आकर्षण हो। यो नाचमा सहभागी पात्रले राक्षसको रूप धारण गर्छन्। जसका लागि ठूलो र डरलाग्दो मुखुण्डो, रातो वा कालो रङको विशेष पोशाक र विशाल आकारका माला तथा अन्य आभूषण प्रयोग गरिन्छ। 

लाखेले गरेको आक्रामक नाचका माध्यमबाट दुष्ट शक्तिहरूलाई परास्त गरिन्छ भन्ने मान्यता छ। लाखे नाचको विशेषता भनेको यसको भव्य र अद्वितीय प्रस्तुति हो। 

लाखे पात्रले गाउँको भित्रिभागसम्म हिँड्दै मानिससँग आन्तरिक संवाद गर्दै डर र उत्सुकता उत्पन्न गराउँछ। लाखेको नृत्य शैली आक्रामक, उत्तेजित र निकै गतिशील हुन्छ, जसले जात्रामा एक अलग र रहस्यमय माहोल सिर्जना गर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.