प्री ओपन सेसनमा नेप्से परिसूचक ५ अंकले बढ्यो
काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ५.४६ अंकले बढेर २७३२.८२ विन्दुमा पुगेको छ।
यो समयमा ५९ स्क्रिप्सको २५ हजार ६२२ कित्ता सेयर ३ करोड ४४ हजार ४५२ रुपैयाँमा खरिदबिक्री भए। प्री ओपन सेसनमा कारोबारमा आएकामध्ये ३२ स्टक्सको मूल्य बढ्यो भने १७ वटाको घट्यो।
यो समयमा ८ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।