एसपी थापा सम्मानित

एसपी थापा सम्मानित
सुन्नुहोस्

उदयपुर : प्रहरी उपरीक्षक (एसपी) रमेश थापा सम्मानित भएका छन् । १७ औँ राष्ट्रिय पुस्तकालय दिवस र २१ औँ संगम सामुदायिक पुस्तकालयको साधारणसभाको अवसरमा थापालाई उदयपुरको सदरमुकाम गाईघाटमा शनिबार सम्मान गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय उदयपुर,गोरखा र कास्की रहँदा थापाले कार्यालय परिसरमा पुस्तकालय स्थापना गरेर समाजका बौद्धिकधारलाई एक ठाउँमा उभ्याउन सफल भएको भन्दै पुस्तकालयले सम्मान गरेको हो । 

२०८० भदौ २५ गते उदयपुर प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका थापाले २०८१ साउन ८ गते विदाइ हुनुअघि ११ महिनाको अवधिमा पुस्तकालय भवन निर्माण गरी ईलाव्रेरीसहितको पुस्तकालय स्थापना गरेका थिए ।

थापालाई ‘काठमाण्डौं स्कुल अफ ल' का कार्यकारी निर्देशक प्राध्यापक डाक्टर युवराज संग्रौलाले दोसल्ला र सम्मान पत्रले सम्मान गरेका थिए । त्यस अवसरमा पुस्तकालयका अध्यक्ष तथा मानवअधिकारकर्मी भरत खड्काले थापालाई पुस्तकालयको मानार्थ सदस्य प्रदान गरेका थिए भने सल्लाहकार महेन्द्र राईले नेपाली टोपी र खादा लगाई दिएर सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै एसपी थापाले आफू प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका सबै जिल्लामा पुस्तकालय स्थापना गरेर बौद्धिक छलफलहरू अघि बढाएको बताए । उनले भने,‘प्रहरीभित्र पठन संस्कृतिको विकास, कानुनी ज्ञान, जिम्मेवारी सम्पादन, प्रहरीबाट प्रवाह हुने सेवा कानुन सम्वत भए नभएको र जनताले न्याय पाए नपाएको भन्ने कुराको विकास गराउनका लागि पुस्तकालयले सहयोग पुग्ने छ ।'

‘पुस्तकालयले समाजलाई सहि सूचना दिलाउन, सामूहिक धारणा बनाउन, सचेतना फैलाउन मद्दत पुग्छ,' एसपी थापाले भने, ‘किताबी ज्ञान नहुँदा कतिपय हाम्रा न्याय सम्पादन सोचजस्तो नभएको हुनसक्छ, समाजले सहिबाटो नसमाउन सक्छ तसर्थ यी सबैकुरालाई समेटन पुस्तकालयले सहयोग पुग्नेछ ।'

थापाले प्रहरी परिसरको पुस्तकालय मात्र नभई अन्य क्षेत्रमा रहेका पुस्तकालयलाई पनि संरक्षण गर्दै सामूहिक भाव, चिन्तन र बौद्धिक वर्गको छलफलको विकासको चौतारा बनाउन जरुरी रहेको बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.