सेयर बजारमा २५ अंकको गिरावट, कारोबार रकम १० अर्बमा सीमित
काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक २५.४६ अंकले घटेर २७०२१.९० विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स ६.६३ अंकले घटेर ४७९.७२ विन्दुमा पुगेको छ।
दोहोरो अंकले घटेको सेयर बजारमा तीनवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। माहुली लघुवित्त वित्तीय संस्था,सृजनशील लघुवित्त वित्तीय संस्था र मिड सोलु हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो।
यसदिन थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताले गुमाए। सो कम्पनीको सेयर मूल्य १० प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ४२ करोड १९ लाख मूल्य बराबरको सेयर कारोबार भयो।
यसैगरी हाइड्रो इलेक्ट्रिसिटी एन्ड डेभलपमेन्ट कम्पनीको ३५ अर्ब मूल्य बराबरको कारोबार हुँदा ग्रीन लाइफ हाइड्रोपावरले ३५ अर्ब,गुडविल फाइनान्सले ३३ करोड र एनएलजी इन्स्योरेन्सले २८ अर्ब मूल्य बराबरको सेयर कारोबार गरे।
आज ३२८ स्क्रिप्सको २ करोड २२ लाख ६२ हजार ९२४ कित्ता सेयर १० अर्ब १२ करोड २४ लाख ८ हजार २४९ मूल्यमा खरिदबिक्री भए। कारोबारमा आएका ८५ स्टक्सको मूल्य बढ्दा १५७ वटाको घट्यो।
तीन समूहक उपसूचकबाहेक अन्यको सूचक नकारात्मक देखिएका छन्। मनु एण्ड प्रो,माइक्रो फाइनान्स र म्युचुअल फण्डको सेयर बढदा अन्य समूहको उपसूचक घटेको हो।