मोरङमा चट्याङ लागेर बालकको मृत्यु, बालिका घाइते

मोरङमा चट्याङ लागेर बालकको मृत्यु, बालिका घाइते

विराटनगर : मोरङको सुनवर्षीमा चट्याङले लागेर आइतबार दिउँसो एक बालकको मृत्यु भएको छ । बालिका घाइते भएकी छन् ।  मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार चट्याङले लागेर सुनवर्षी नगरपालिका–९ मुस्लिम टोलका हमिद आलमका छोरा ११ वर्षीय सोफियन आलम मियाँको मृत्यु भएको हो ।

चट्याङले राजाबुल आलमकी छोरी ८ वर्षीया नजारा खातुन घाइते भएकी छन् ।  राजाबुलको घरपछाडि रहेको कटहरको रुखमुनि खेलिरहेका बेला दिउँसो २ बजेतिर चट्याङ पर्दा बालबालिका घाइते भएका थिए । बेहोस भएका सोफियनलाई उद्धार गरेर रंगेली अस्पताल ल्याइएको थियो । उनको उपचारका क्रममा दिउँसो २:४५ बजेतिर मृत्यु भएको जानकारी डीएसपी बस्नेतले दिए । 

घाइते नजाराको रंगेली अस्पतालमै उपचार भइरहेको छ । प्रहरीका अनुसार अवस्था सामान्य छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.