पलेशा गोवर्द्धनलाई ५ लाख रुपैयाँसहित कांग्रेसले गर्‍यो सम्मान

पलेशा गोवर्द्धनलाई ५ लाख रुपैयाँसहित कांग्रेसले गर्‍यो सम्मान
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसले पेरिस पारालम्पिकमा ऐतिहासिक कास्य पदक विजेता पलेशा गोवर्द्धनलाई नगदसहित सम्मान गरेको छ। आइतबार कांग्रेसको खेलकुद विभागले पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा सभापति शेरबहादुर देउवासहित पदाधिकारीले कास्य पदक विजेता पलेसासहित टोलीका सदस्यहरुलाई नगदसहित सम्मान गरेका हुन्।

कांग्रेसले ऐतिहासिक पदक विजेता पलेशालाई नगद ५ लाख रुपैयाँसहित सम्मान पत्र प्रदान गरेको छ भने प्रशिक्षक कविराज नेगि लामालाई १ लाख ५० हजार प्रदान गरिएको छ। यसैगरी, प्रतियोगितामा सहभागी भएका अर्का खेलाडी भरत सिंह महताले नगद ५० हजार प्रदान गरिएको थियो।

त्यस्तै टिम म्यानेजर रामप्रसाद श्रेष्ठ र तेक्वान्दो संघलाई कदरपत्र प्रदान गरिएको छ। 

कार्यक्रममा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीलाई स्वदेशमा टिकाउन र आत्मनिर्भर बनाउनका लागि सरकार गम्भीर रहेको बताए। उनले खेल क्षेत्रमा रहेका व्यक्तिहरुको परिवार समेत मध्यनजर गरि उनीहरुको रोजगारको उपयुक्त व्यवस्था हुनुपर्नेमा जोड दिए।

पलेशाले पारा पारालिम्पिकमा के–४४ वर्गअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामो सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन्। पारालिम्पिकमा पदक जित्ने पलेशा पहिलो नेपाली खेलाडी हुन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.