हवाई क्षेत्रलाई सुरक्षित बनाउन उच्चस्तरीय अध्ययन समिति गठन गर्छौं : मन्त्री पाण्डे

हवाई क्षेत्रलाई सुरक्षित बनाउन उच्चस्तरीय अध्ययन समिति गठन गर्छौं : मन्त्री पाण्डे
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मुलुकको हवाई क्षेत्रलाई सुरक्षित बनाउनका लागि उच्चस्तरीय अध्ययन समिति गठन गर्ने बताएका छन्। सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको ४५ औं पुण्य तिथीमा म्याप मेमोरियल सोसाइटीले आइतबार भक्तपुरमा आयोजना गरेको के नेपालको आकाश सुरक्षित छ ? विषायक अन्तरक्रिया कार्यक्रममा मन्त्री पाण्डेले यस्तो उच्चस्तरीय अध्ययन समिति गठन गर्ने जानकारी दिएका हु्न् ।

नेपालको हवाई दुर्घटनापछिको प्रतिवेदनहरुलाई एकीकृत गरि अध्ययन गर्ने र नागरिक उड्डयन क्षेत्रलाई विश्वसनीय बनाउनका लागि उच्चस्तरीय अध्ययन समिति गठनको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी भइरहेको उनले बताए।

मन्त्री पाण्डेले नियमनकारी निकाय र सेवा प्रदायक संस्था एउटै हुँदा नागरिक उड्यनको क्षेत्रमा समस्या आएको गुनासा आएकाले दुई निकायलाई छुट्टाछुट्टै गर्ने गरि विधेयक तयार भएको र आगामी मन्त्रिपरिषदबाट अघि बढ्ने जानकारी दिए ।

हवाई क्षेत्रका बीमा लगाएतका विभिन्न ऐनहरूलाई पनि समयानुकूल अघि बढाइने उनले बताए । गैरसैनिक हवाई ऐन निकै पुरानो भएकाले परिमार्जन गर्ने गरि मन्त्रालयले तयारी गरिरहेको उनको भनाइ छ । 
मन्त्री पाण्डेले सौर्य एयरलाइन्सको विमान दुर्घटनाको छानबिन समितिले छानविन गरिरहेको र सरकारले कुनै हस्तक्षेप नगरेको जिकिर गरे । छानबिन समितिले उचित निष्कर्ष निकाल्ने र सरकारले प्रतिवेदनको निष्कर्षलाई कार्यान्वयन गर्ने उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.