फरक मत प्रस्तुत गर्दै किरातीले भने- प्रचण्डको समाजवाद बर्मझियाको असली बुढो बाजेको पेडाजस्तै

फरक मत प्रस्तुत गर्दै किरातीले भने- प्रचण्डको समाजवाद बर्मझियाको असली बुढो बाजेको पेडाजस्तै
सुन्नुहोस्

काठमाडौं : माओवादी केन्द्रका केन्द्रीय सदस्य सुदन किरातीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को कडा आलोचना गरेका छन्। उनले कोशी प्रदेशको परामर्श समिति बैठकमा ६ बुँदे फरक प्रस्ताव पेस गर्दै अध्यक्ष प्रचण्डको आलोचना गरेका हुन्। 

प्रचण्डले समाजवादको रटान लगाए पनि कस्तो खालको समाजवाद? भन्ने पार्टीसँग स्पष्ट नीति नभएको नेता किरातीले बताए। पार्टीका कार्यकर्ताहरूमा विचारको संकट गहिरिँदै गएकोमा उनले चिन्ता व्यक्ति गरेका छन्।

‘पार्टीलाई अहिले मूल आवश्यकता रणनीति र कार्यनीतिलाई मूर्त रुप दिनु हो। नेपाली मौलिकतामा समाजवादी विचारको विकास गर्नु हो’, पार्टी अध्यक्षलाई बुझाएको फरकम मतमा भनिएको छ, ‘आज हाम्रो समाजवाद बर्मझियाको असली बुढो बाजेको पेडाजस्तै भएको छ। सबै दलले समाजवाद भन्छन् तर कसको समाजवाद कस्तो हो? स्पष्ट छैन।’ 

उनले पार्टी अध्यक्ष प्रचण्डसँग विचारको विकास गर्न ‘देश महायात्रा’ सञ्चालन गर्न माग गरेका छन्। पार्टीको संगठनात्मक संकटको निदान, नेतृत्व निर्माण र पार्टीप्रति गुमेको जनताको विश्वास फर्काउनु अहिलेको मुख्य आवश्यकता रहेको नेता किरातीको भनाइ छ।

‘देश महायात्राले पार्टीभित्रको संगठनात्मक संकट समाधान हुन्छ। नेतृत्व निर्माणको सबाल सम्बोधन हुन्छ र जनतामा पार्टीप्रति नयाँ किसिमबाट भरोसा निर्माण हुन्छ’, उनले भनेका छन्, ‘त्यो काम सामूहिकतामा हुनुपर्छ, जनतामा आधारित हुनुपर्छ। त्यो अभियानलाई सफल बनाउन मौलिक विधि अपनाउनुपर्छ।’ पार्टीका नेताहरू गफाडी, विचारबाट विचलित भएकाले माओवादी पार्टी कमजोर भएको नेता किरातीको दाबी छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.