६ जना फरार प्रतिवादी पक्राउ
उदयपुर : जिल्ला अदालतको फैसलापछि फरार रहेका ६ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। त्रियुगा नगरपालिका-१० का ५० वर्षीय खुम्बराज खत्री, वडा नम्बर ६ का ४५ वर्षीय सुकदेव चौधरी, ४० वर्षीया प्रभादेवी चौधरी, वडा नम्बर ११ का ७५ वर्षीय जगदेव चौधरी र वडा नम्बर ३ का ३७ वर्षीय प्रदीप कुमार चौधरी रहेका छन्।
खत्रीलाई दुई वटा गालीबेइज्यति मुद्दामा अदालतले १० हजार एक सय जरिवाना तोकेको छ। त्यसैगरी सुकदेव र प्रभालाई कुटपिट तथा लुटपाटमा जनही तीन हजार, जगदेव र प्रदिपलाई चेक अनादर मुद्धामा दुई हजार र एक हजार जरिवाना तोकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी राजन चापागाईले बताए।
अदालतको फैसला कायान्वयन अभियानअन्तर्गत उनीहरुलाई फैसलापछि लुकेर बस्दै गरेको अवस्थामा पक्राउ गरिएको उनले बताए। पक्राउ परेका ६ जनालाई नै फैसला कार्यान्वयनका लागि अदालतमा उपस्थिति गराइएको उनले बताए।