नक्कली शैक्षिक प्रमाण-पत्र पेश गरी जागिर खाएको आरोपमा सव-इन्जिनियरविरुद्ध मुद्दा

नक्कली शैक्षिक प्रमाण-पत्र पेश गरी जागिर खाएको आरोपमा सव-इन्जिनियरविरुद्ध मुद्दा
सुन्नुहोस्

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एकजना सव-इन्जिनियरविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी आरोपपत्र दायर गरेको छ।

अख्तियार कृषि ज्ञान केन्द्र डडेल्धुराको सव-इन्जिनियर पदमा कार्यरत लालबहादुर विकविरुद्ध झुट्टा तथा नक्कली शैक्षिक प्रमाण पत्र पेश गरी नियुक्ति लिएको आरोपमा मुद्दा दायर गरेको हो।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेले सव -इन्जिनियर पदमा नियुक्ति प्रयोजनार्थ डिप्लोमा इन सिभिल इन्जिनियरिङ तहको झुट्टा तथा नक्कली शैक्षिक प्रमाण पत्र पेश गरी सव इन्जिनियर पदमा नियुक्त लिइ ओहोदा,लाभ र सुविधा प्राप्त गरेको पाइएकाले बिकविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोप -पत्र दायर गरेको जानकारी दिए।

उनले भने,' बिकविरुद्ध नक्कली शैक्षिक प्रमाण पत्र पेश गरी नियुक्ति लिएको अख्तियारमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा छानबिन हुँदा निजले नक्कली शैक्षिक प्रमाण पत्र पेश गरी सव -इन्जिनियर पदमा नियु्क्ति लिएको पुष्टि हुन आएपछि आरोप- पत्र दायर गरेको हो।'

बिकले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको ठहर गर्दै अख्तियारले सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन मागदाबी गरिएको अख्तियारले जनाएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.