नेपाल एयरलायन्समा नीतिगत हस्तक्षेप गरेर अघि बढ्छु : मन्त्री पाण्डे

नेपाल एयरलायन्समा नीतिगत हस्तक्षेप गरेर अघि बढ्छु : मन्त्री पाण्डे
सुन्नुहोस्

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलायन्सको सुधारका लागि नीतिगत हस्तक्षेप गरेर अघि बढ्ने बताएका छन्।

सोमबार नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी दीपकराज जोशीको स्वागत कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले उक्त कुरा बताए। 'संस्कृति, पर्यटन र नागरिक उड्डयन तीन स्तम्भ हुन्। नेपाल एयरलायन्स सुधारको बाटोमा जान जरूरी छ। म यहाँ केवल भाषण गर्नमात्रै उभिएको छैन। अब नीतिगत हस्तक्षेपको बाटोमा लैजान चाहान्छु,' उनले भने।

उनले मन्त्रालयको बारेमा सम्पूर्ण विषय बुझिसकेकाले रिफर्मको बाटोमा अघि बढ्ने बताए। मन्त्री पाण्डेले मन्त्रालयमा प्लेन चलाइदिन भनेर डेलिकेसन आउने गरेका बताउँदै प्लेन नचल्दा देशभरका अधिकांश एयरपोर्टहरू रित्ता भएको दृष्टान्त सुनाए। उनले नागरिक उड्डयन क्षेत्र सुरक्षित हुने कुरामा कुनै दुविधा नलिनसमेत विश्वास दिलाए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.