कुहिनो प्रत्यारोपणले ५० वर्षपछि सोझियो हात

कुहिनो प्रत्यारोपणले ५० वर्षपछि सोझियो हात
सुन्नुहोस्

चितवन : ५६ वर्षीय रामसुन्दर जोशीका कुहिनाको समस्याले हात सिधा थिएन। पाँच वर्षको हुँदा हड्डीमा क्षयरोग लागेका कारण कुहिनोमा समस्या थियो। भरतपुर १० का जोशीले जीवनमा हाँत सोझिने कल्पनै गरेका थिएनन्। ५० वर्षपछि उनको हात सिधा भएपछि उनको खुसीको सीमा छैन। 

वर्षौंदेखि हात खुम्च्याएर हिँडेका जोशीको कुहिनोको प्रत्यारोपण गरेपछि हात सिधा भएको छ। भरतपुरको एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा कुहिनोको जोर्नी प्रत्यारोपण गरेपछि उनी हर्षित छन्। एक साता अघि उनको कुहिनो प्रत्यारोपण गरिएको हो।

उपचार नै असम्भव भनेर बसेका जोशीलाई नियमित उपचार गराउने क्रममा अस्पतालका चिकित्सकले प्रत्यारोपणको सुझाव दिएका थिए। हुँदैन भनेर बसेका उनको बाङ्गिएको हात सोझिएको छ। हातको कारण दैनिकीमा हुने कठिनाइ अब सहज हुने उनले बताए। ‘हात सोझो नहुनुको पीडा मैले ५० वर्ष भोगेँ। अहिले हातबाट काँडा निकालेको जस्तो भएको छ’, जोशीले भने, ‘लुगा लगाउन पनि सक्दिनथें। हात छोप्नकै लागि लामो बाउला भएको सर्ट लगाउथेँ। अब सबै काम गर्नसक्छु झैँ भएको छ।’

हात सोझो नभएकै कारण त्यसलाई छोप्न उनले सधैं लामो बाउलाको सर्ट लगाउथे। पहिलो पटक श्रीमानलाई टिसर्टमा देख्दा निर्मला जोशीको खुसीको सिमा थिएन। ‘हात छोप्नकै लागि सर्ट लगाउने बाध्यता थियो। विवाह गरेको ३० वर्ष भयो। पहिलोपल्ट उहाँले टिसर्ट लगाउनुभयो। साह्रै खुसी छौ’, उनले भनिन्, ‘हामीले त हात सोझिन्छ भन्ने कल्पनै गरेका थिएनौं। परिवारमा ठूलो खुसी फर्किएको छ।’

एलाइभमा गरिएको कुहिनाको जोर्नी प्रत्यारोपण राजधानी बाहिरको पहिलो भएको अस्पतालको दाबी छ। केही महिना पहिले काठमाडौंको बिएण्ड बि अस्पतालमा पहिलोपटक कुहिनाको जोर्नी प्रत्यारोपण भएको थियो। अस्पतालका प्रमुख एवम् वरिष्ठ हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा.प्रमोद लामिछाने, अस्पतालका हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. अनिल भट्टराई, डा. सन्तोष कुँवरको टोलीले सफल शल्यक्रिया गरेको हो। ‘जोर्नी खिइएर कुरकुरे हड्डी एक आपसमा टाँसिएर जाम भएको थियो। पचास वर्षदेखि कडा भएर जाम भएको भागलाई हामीले चार घण्टामा विस्तारै विस्तारै सहज बनायौं’, वरिष्ठ हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. अनिल भट्टराईले भने, ‘उहाँको अवस्थाले गर्दा हामीलाई निकै चुनौती थियो। अहिले सहज भएको छ।’

यसलाई अस्पतालले ठुलो सफलता मानेको डा.लामिछानेले बताए। ‘कुहिनाको प्रत्यारोपण प्रविधिको कारण अलि जटिल हुन्छ। अन्तर्राष्ट्रिय अभ्यास हेर्दा पनि कुहिनोंको जोर्नी प्रत्यारोपण जटिल र अरु जोर्नी प्रत्यारोपणको तुलनामा निकै कम भएको छ’, डा. लामिछानेले भने, ‘हामीले पाएको यो सफलताले कुहिनोको जोर्नी प्रत्यारोपण सहज भएको छ।’


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.