हिजो कोशी, आज प्रदेश १ ?

हिजो कोशी, आज प्रदेश १ ?
सुन्नुहोस्

राज्यको पुनर्संरचना गर्दा अर्थात्् संघीयताको खाका कोर्दा प्रदेशहरूको नामकरणमा दलहरूले साझा सहमति बनाउन सकेका थिएनन्् । त्यसैले संविधानमा ७ प्रदेशको नाम १, २ गर्दै ७ सम्म राखियो । नामकरणको जिम्मा प्रदेशहरूलाई नै छाडियो । प्रदेशसभाको पहिलो कार्यकालसम्म अरूले नामकरण गर्दा १ नम्बरचाहिँ सबैभन्दा पछि प¥यो । नाम राख्नै सकेन । दोस्रो कार्यकालको सुरुआतमै १ नम्बर प्रदेशले नाम पायो— कोशी । २०७९ साल फागुन १७ गते प्रदेशसभाका ८२ सांसदले कोशीको पक्षमा मतदान गर्दा ६ अनुपस्थित र ४ जना विपक्षमा थिए । त्यसबेला कोशीको पक्षमा दुईतिहाइ पुग्ने गरी मत हाल्नेमा सत्तारूढ एमालेसँगै कांग्रेस र माओवादी केन्द्र अनि राप्रपा थिए । लगत्तै माओवादीले भने कोशीको पक्षमा मत हाल्नु गल्ती भएको भन्दै बोली फे¥यो । जबकि माओवादी सुप्रिमो पुष्पकमल दाहाल प्रचण्डकै निर्देशनमा त्यहाँका सांसदले कोशीका पक्षमा मत हालेका थिए ।

माओवादीको कोशी प्रदेश परामर्श बैठकमा आइतबार टाँगिएको ब्यानरमा प्रदेश नम्बर १ लेखिएको थियो । त्यही ब्यानरमुनि प्रचण्डमात्रै थिएनन्, कोशी प्रदेश नामकरणको घोषणा गरेका तत्कालीन सभामुख बाबुराम गौतम पनि थिए । यसबाट प्रचण्ड कोशीमा उठेको एकल पहिचानको जातीय मुद्दामा आफ्नो राजनीतिको रोटी सेक्न चाहन्छन् भन्ने प्रस्ट हुन्छ ।

मुलुकको तीन पटक प्रधानमन्त्री भइसकेको व्यक्तिले प्रदेशको नामलाई लिएर छामछुमको राजनीति गर्नु वा व्यक्तिगत तुष्टि राख्नु निकै हदसम्मको गैरजिम्मेवारी हो । उनी प्रधानमन्त्री थिए, पटकपटक उनको पार्टी सत्तामा थियो । १० वर्षे युद्धपछि संविधान बनाउनेमा अग्रभागमै पर्छन् उनी । कुनै पनि प्रदेशको सार्वभौम संसद्ले राखेको नाममा चित्त नबुझ संवैधानिक बाटोबाट गएर फेर्न सकिन्छ । त्यसमाथि उनी विपक्षमा रहेर राखिएको नाम थिएन ।

समय, परिस्थिति र वस्तुस्थिति बदलिएको भए संसद्को २ तिहाइबाट फेर्न सकिने उपाय दाहाललाई थाहा नभएको होइन । नाम राख्ने बेला मूलधारमा छिर्ने अनि पहिचानको राजनीतिले बजार लियो भन्दैमा त्यतै बहकिने उनको राजनीति सस्तो लोकप्रियताको खेल मात्र हो । प्रदेश १ को ब्यानरमा उनी र तत्कालीन सभामुख बस्नु नैतिक, कानुनी र संवैधानिक सबै हिसाबले उचित होइन । गल्ती नै गरें भन्ने लाग्छ भने पनि सच्याउने 
उपाय कदापि यो होइन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.