इजरायली हवाई हमलामा गाजामा ४० र सिरियामा १६ जनाको मृत्यु

इजरायली हवाई हमलामा गाजामा ४० र सिरियामा १६ जनाको मृत्यु
फाइल तस्बिर।

हमासद्वारा सञ्चालित प्रशासनले इजरायलले गाजा पट्टीमा गरेको पछिल्लो हवाई आक्रमणमा ४० जनाको मृत्यु भएको जनाएको छ।

हमासद्वारा सञ्चालित सिभिल डिफेन्स एडमिनिस्ट्रेशनले आक्रमण मानवीय सहायताका लागि तोकिएको क्षेत्रमा भएको र अन्य धेरै व्यक्ति घाइते भएको आशंका गरेको बताएको छ।

इजरायली सेनाले भने उनीहरुको युद्ध विमानले खान युनिस्मा हमास लडाकुहरूको अपरेसन सेन्टरमा आक्रमण गरेको थियो र अपरेशनको क्रममा नागरिकहरूलाई हानि नहोस् भनेर उपायहरू सजकता अपनाइएको बताएका छन्।

हमास सिभिल डिफेन्स अपरेसन निर्देशकका अनुसार आधक्रमणमा ४० जनाको मृत्यु भएको छ, ६० जना घाइते भएका र धेरै जना भग्नावशेषमुनि दबिएका  हुन सक्ने बताइएको छ।

सिरियामा १६ जनाको मृत्यु 

इजरायलले सिरियामा धेरै सैन्य अड्डाहरुमा हवाई आक्रमण गरेको छ। सिरियाको सरकारी समाचार एजेन्सी सानाका अनुसार आक्रमणमा १६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य अधिकारीहरूका अनुसार ३६ जना घाइते भएका छन् जसमा ६ जना गम्भीर घाइते छन् ।

इजरायली सेनाले विदेशी मिडिया रिपोर्टमा टिप्पणी गर्न अस्वीकार गरेको बीबीसी समाचारमा उल्लेख छ।  सिरियाको विदेश मन्त्रालयले आक्रमणको निन्दा गरेको छ ।

इरानको विदेश मन्त्रालयले यसलाई आपराधिक हमला भनेको छ । इजरायलले पछिल्ला केही वर्षमा सिरियामा धेरै आक्रमण गरेको स्वीकार गरेको छ।
 
इजरायललर् गत वर्ष अक्टोबर ७ मा इजरायलभित्र हमासको आक्रमणपछि भूमिगत सैन्य कारबाही सुरु गरेको थियो। सोही परिणामस्वरूप गाजामा १२ सय मानिसको मृत्यु भएको थियो भने २५१ जनालाई बन्धक बनाएको थियो।

हासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली सैन्य कारबाहीमा हालसम्म ४०,९०० भन्दा बढी मानिस मारिएका  जनाइएको छ। बीबीसी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.