प्रतिनिधिसभा बैठक

सांसदको प्रश्न :  जनसरोकारका विषयमा सुनुवाइ हुँदैन भने संसद् केका लागि ?

सांसदको प्रश्न :  जनसरोकारका विषयमा सुनुवाइ हुँदैन भने संसद् केका लागि ?

काठमाडौं : सांसद शेरबहादुर कुँवरले संसदमा सांसदहरूले जनसरोकारका विषयमा उठाइका विषयवस्तुमाथि सुनुवाइ नभएको भन्दै आपत्ती जनाएका छन्। मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद कुँवरले संसदमा बोलेका कुराहरू बोल्नका लागि हो कि गर्नका लागि हो भन्दै आक्रोश  व्यक्त गरे।

उनले संसद जनताका प्रत्यक्ष सरोकारका विषयमा गैरजिम्मेवार बन्दै गएको आरोप लगाए।

'हामी जनप्रतिनिधिहरूको सर्वोच्च निकाय संघीय संसद हो। जनताले अत्यन्त विश्वास गरेर हामीलाई यहाँ पठाएका हुन्। हामीले जनताका दैनिक समस्यादेखि विकास निर्माणका विषय यहाँ राखेका हुन्छौं। जनतामाथि आइपर्ने हरेक समस्याहरूलाई हामीले उजागर गरेका हुन्छौं। तर ,अहिलेसम्म मैले हेरेको विशेष समयमा होस् कि, आकस्मिक समयमा होस् या शून्य समयमा होस् हामीले उठाएका आवाजहरूलाई सुनुवाइ गरेको कही पनि देखिदैन,'उनले भने,'  सम्मानीय सभामु्खमार्फत् आग्रह गर्न चाहन्छु, यो संसदमा बोलेका कुराहरू खाली बोल्नुका लागि हो कि  गर्नका लागि पनि हो। राज्यले गर्नुपर्छ कि पर्दैन? यदि संसदमा भनेका विषयमा सुनुवाइ हुँदैन भने संसदको के अर्थ हुन्छ। हामीले बोलेका कुराहरू, भनेका कुराहरूको सुनुवाइ हुनुपर्छ । सुनुवाइ भएका कुराहरूको कार्यान्वयन हुनुपर्छ।'


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.