सेयर बजार घट्दो क्रममा,कारोबार रकम ७ अर्बमा झर्‍यो

सेयर बजार घट्दो क्रममा,कारोबार रकम ७ अर्बमा झर्‍यो
सुन्नुहोस्

काठमाडौं : सेयर बजार घटने क्रममा आज पनि जारी रह्यो। साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १३.०९ अंकले घटेर २६३२.९४ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स  ०.३८ प्रतिशतले घटेर ४६७.३८ विन्दुमा अडिएको छ।

नेप्से घटेसँगै कारोबार रकम पनि ओरालो लागेको छ।  यसदिन ३२८ स्क्रिप्सको १ करोड ९० लाख ७७ हजार ५८३ कित्ता सेयर ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार ४२१ रुपैयाँमा खरिदबिक्री भए। अघिल्लो कारोबार दिन सोमबार ९ अर्ब ४३ करोड ९१ लाख मूल्य बराबरको कारोबार भएको थियो। सो दिन नेप्से परिसूचक ५५ अंकले घटेको थियो।

यसदिन एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। मानुसी लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको हो। थ्री स्टार हाइड्रोपावरको सेयर ९.९० प्रतिशतले बढ्दा अपर स्यांगी हाइड्रोपावरको ७.५४ ,आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको ५.८० र सानिमा लार्ज क्याप फण्डको ५.३७ प्रतिशतले बढ्यो।

आज सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर ८.८२ प्रतिशतले घटयो। कारोबार रकमका आधारमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको २९  करोड ८१ लाख ५४  हजार ७७ रुपैयाँमा खरिदबिक्री भयो।

हिमालयन रिइन्स्योरेन्सको २१ करोड,सीईडीबी हाइड्रोपावर डेभलपमेन्टको २० करोड,एनएलजी इन्स्योरेन्सको १९ करोड र अपी पावरको १६ करोड मूल्य बराबरको सेयर कारोबार भयो। कारोबारमा आएकामध्ये ६७ वटा स्टक्सको मूल्य बढ्दा १६९ वटाको मूल्य घट्यो। ९ वटा स्टक्सको मूल्य भने  स्थिर रह्यो।

ट्रेडिङबाहेक अन्य समूहको उपसूचक राताम्मे देखिएका छन्। ट्रेडिङ समूहको उपसूचक ०.७९ प्रतिशतले बढेको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.