जग्गा भोगचलनमा बरुवा क्याम्पस र नगरपालिकाबीच विवाद

जग्गा भोगचलनमा बरुवा क्याम्पस र नगरपालिकाबीच विवाद
सुन्नुहोस्

उदयपुर :  नदी उकास जग्गा भोगचलनका विषयमा बरुवा क्याम्पस र त्रियुगा नगरपालिकाबीच विवाद चुलिएको छ । त्रियुगा नगरपालिका- १२ बसपार्क नजिक रहेको क्याम्पसले त्रियुगा नदी उकासको १ विगाहा १३ कठ्ठा ६ धुर जग्गा भोगचर्चीको आधारमा घेराबेरा गरी क्याम्पसको वृहत्तरहितमा प्रयोग गर्न लाग्दा नगरपालिकाले रोकेपछि विवाद बढेको हो ।

नगरपालिकाले क्याम्पसलाई निर्णय गरी उपलब्ध गराएको १ बिगाहा १५ कठ्ठा १४ धुर वाहेकको जग्गा प्रयोग गर्न नदिन बताएपछि दुई पक्षबीच विवाद चलेको हो । क्याम्पसले निर्णय भएको र नदी उकासको जग्गा भोगचर्ची गर्दै आएको गरी ३ विगाहा ९ कठ्ठा जग्गा कुनै हालतमा नछोड्ने बताउँदै आएको छ । दुई पक्षबीच समस्या समाधानका लागि बैठक बसेपनि आ–आफ्नै अडान कायम राखेपछि विवाद सुल्झिन सकेको छैन । 

नगरपालिकाले जग्गा रोकेकै कारण क्याम्पसको पूर्वाधार, विश्वविद्यालय अनुदान, लालपुर्जा लगायतका कामहरू अवरुद्ध भएको भन्दै क्याम्पस सञ्चालक समितिले पत्रकार सम्मेलनको आयोजना गरी भोगीचर्ची आएको जग्गा कुनै हालतमा नछोड्ने बरु जवरजस्त गरे त्यसको नागरिक तवरबाट प्रतिवाद गर्ने चेतावनी दिएको छ । null

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष बलदेव चौधरीले २०७६ सालदेखि स्नातक तहको पठनपाठन गराउँदै आएको क्याम्पस शैक्षिक हवकोरुपमा विकास हुँदै गरेको देख्न नसकेर घेराबन्दी गर्न खोजिएको आरोप लगाए । ‘चाँडै विज्ञान संकाय तथा प्राविधिक धारको ईन्जिनियरिङ्ग कार्यक्रम सञ्चालनको तयारीमा छौँ, त्यसलाई अवरोध गर्नका लागि जग्गा विवाद सुरु गरियो ।’उनले भने, ‘यो सामुदायिक क्याम्पस हो, जहाँ गरीव, विपन्न तथा सर्वसाधरण जनताका सन्ततीहरु उच्चशिक्षा हासिल गर्न आउँछन्। यस्तो सेवाप्रदायक निकायलाई थप जग्गा उपलब्ध गराएर नगरपालिकाले गौरव गर्नु पर्ने ठाउँमा भएको जग्गासमेत खोस्न खोज्नु शिक्षा विरोधी गतिविधि हो ।’

तीन विगहा ९ कठ्ठा मध्ये १ बिगाहा १५ कठ्ठा १४ धुर जग्गा २०७२ सालमा नगरपालिकामा बसेको सर्वदलीय तथा स्वपक्षी बैठकले उपलब्ध गराउने निर्णय भएको क्याम्पस प्रमुख भिमबहादुर खड्काले बताए । सोही आधारमा नगर कार्यपालिकाको २०७७ असार ९ गते बसेको बैठकले ‘वडा नं १२ मा सञ्चालनमा रहेकको बरुवा क्याम्पसलाई सो क्याम्पस सो स्थानमा सञ्चालनमा रहेसम्म जग्गा भोगाधिकार गर्न अधिकार दिने’ निर्णयको पत्र आफूहरूलाई उपलब्ध भएको उनले बताए । 

तर, क्याम्पस सञ्चालन भइरहँदा क्याम्पस परिषरमा नै नदी उकासको थप जग्गा निस्किएपछि सार्वजानिक हितकै लागि प्रयोगमा ल्याइएको अध्यक्ष चौधरीले बताए । उनले भने, ‘जग्गा निस्कनसाथ व्यक्तिहरुले ओगट्न थाले, बस्ती बस्न थाल्यो त्यसैले जग्गा सकिने अवस्था देखेपछि क्याम्पसको वृहत्तरहितमा ध्यान राखी हामीले खेलकुद मैदान बनायौँ, घेराबेरा गर्यौ र भोगचर्चा गर्न सुरु गरेका हौ ।’null

क्याम्पसले निर्णय भएको र भोगचर्ची आएको सबै जग्गा क्याम्पसको नाममा गरिदिन निर्णयसहित पठाएको र सोही आधारमा कोशी प्रदेश सरकारबाट घेराबेरा र खेलकुद मैदानका लागि वजेट माग गरी योजना सम्पन्न गरिसकेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.