प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद्को बैठक

प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद्को बैठक
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। आज बेलुका पाँच बजे सिंहदरबारमा बस्ने गरी संवैधानिक परिषद्को बैठक बोलाइएको बालुवाटार स्रोतले जनाएको छ। 

संवैधानिक परिषदमा प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रधानन्यायाधीश, प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख रहने व्यवस्था छ। विपक्षी दलका नेता एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड‘ पार्टी प्रशिक्षणको लागि यतिबेला मधेसमा भएकाले बैठकमा उपस्थित हुने नहुने टुंगो लागेको छैन्। यसैगरी उपभामुख इन्दिरा रानामाथि संसदमा पदीय आचरणको विषयलाई लिएर प्रश्न उठिरहेको छ। उनले राजीनामा नदिए महाभियोग लगाउनुपर्ने सांसदहरुको माग छ।

आजको बैठकमा नयाँ प्रधानन्यायाधीश, निर्वाचन आयोगको आयुक्त सिफारिस लगायतका विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक बोलाइएको स्रोतको भनाई छ ।

यस अगाडि संवैधानिक परिषद्को बैठकबाट कृष्णमान प्रधान गत असार २ गते निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरिएको थियो। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको वैठकको निर्णयअुसार संवैधानिक परिषद्ले उनलाई सिफारिस गरेपनि संसदीय समितिमा लामो समयदेखि अनेकन प्रलोभन देखाएर आफूमाथि प्रधानले यौन शोषण गरेको एक महिलाले बयान दिएकी थिइन्। संसदीय सुनुवाइ समितिले अस्वीकृत गर्ने लगभग निश्चित भएपछि प्रधानले आफ्नो नाम फिर्ताका लागि संसदीय सुनुवाइ समितिमा निवेदन दिएका थिए।

यसैगरी नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न न्याय परिषद्ले भदौ २० गते नै ८ न्यायाधीशको नाम परिषद्‍मा पठाएको छ। पठाएको नाममाथि छलफल गर्न आज बैठक बोलाइएको हो।

 संवैधानिक व्यवस्थाअनुसार संवैधानिक परिषद्ले नाम सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्त हुनेछन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.