अलपत्र ठूला योजना मन्त्रालयको प्राथमिकतामा : उर्जामन्त्री खड्का

अलपत्र ठूला योजना मन्त्रालयको प्राथमिकतामा : उर्जामन्त्री खड्का
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

धनकुटा : उर्जा,जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले देशभरि उर्जा तथा सिंचाइ क्षेत्रका अलपत्र ठूला आयोजनाहरू सञ्चालन गर्न अहिले सरकार लागि परेको बताएका छन् ।  नेपाली कांग्रेस धनकुटाले आयोजना गरेको बधाइ तथा शुभकामना कार्यक्रमलाई सम्बोन्धन गर्दै मन्त्री खड्काले यस्तो बताएका हुन्।

उनले भने,' पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, बुढिगण्डकी आयोजना, अपर अरुण आयोजना, तमोर जलाशययुक्त आयोजनाहरू राज्यको खरबौं लगानी भएका आयोजना छन् । ती अलपत्र परेर बसेका छन् । यी आयोजना अत्यन्त्र महत्वपूर्ण छन् । अलपत्र आयोजनाको काम सुरु गर्न थालिएको छ।'

देश तथा नेपालीको आर्थिक समृद्धिका लागि ठूला योजनाको निर्माण सम्पन्न गर्नु अनिवार्य रहेको उनको भनाइ छ ।  साथै उनले अहिलेको गठबन्धन आगामी निर्वाचन सम्म कायम हुने भएकाले कुनै शंका नगर्न समेत उनले बताए ।

उनले दुई ठूला दल मिलेर गठबन्धन भएको र यो  गठबन्धन सरकारबाट जनताले ठूलो अपेक्षा गरेको बताए। यसैले अहिलेको सरकार र मन्त्रीलाई नराम्रो काम गर्ने छुट नभएको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.