पाँचथरको फालेलुङ विष्फोटमा मृत्यु भएकाको परिवारलाई ५ लाख, घाइतेको निःशुल्क उपचार

पाँचथरको फालेलुङ विष्फोटमा मृत्यु भएकाको परिवारलाई ५ लाख, घाइतेको निःशुल्क उपचार
सुन्नुहोस्

काठमाडौं : पाँचथरको फालेलुङ गाउँपालिका ५ डाँडागाउँमा ग्रिनेड विष्फोटमा परी ज्यान गुमाएका परिवारलाई ५ लाख राहत दिने निर्णय सरकारले गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जानकारी दिए।

दुर्घटनामा पाँचथर फालेजुङ गाउँपालिका ५ मा भदौमा भएको विष्फोटनमा परी साढे २ वर्षीया प्रिन्सा र ११ वर्षका दिप्सन सावाँको मृत्यु भएको थियो।
विष्फोटनमा घाइते दुई बालकको उपचारका लागि लाग्ने खर्च सरकारले बेहोर्ने निर्णय गरेको समेत मन्त्री पौडेलले जानकारी दिए।

कीर्तिपुरस्थित बर्न अस्पतालमा घाइते १० वर्षका पवन राई र ७ वर्षका दिप्सन राईको उपचार भैरहेको छ। केही दिनअघि मन्त्री पौडेलले अस्पतालमा गएर उपचाररत बालकहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिंदै उपचारमा सरकारले सघाउने प्रतिबद्धता परिवारसमक्ष जनाएका थिए।

त्यसलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले मृतकलाई राहत र घाइतेका लागि उपचारको निर्णय गरेको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.