खेल क्षेत्रबाट नेपाल अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको छ, पुराना रेकर्ड तोड्दै जानुपर्छ : प्रधानमन्त्री

खेल क्षेत्रबाट नेपाल अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको छ, पुराना रेकर्ड तोड्दै जानुपर्छ : प्रधानमन्त्री
तस्बिर : दिनेश भण्डारी/प्रधानमन्त्री सचिवालय

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खेल क्षेत्रबाट क्रमशः अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको बताएका छन्। राष्ट्रिय खेलकुद परिषद्को ६१ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पुराना रेकर्डहरु तोड्दै नयाँ कीर्तिमान कायम गर्नुपर्ने बताएका हुन्।

null

ओलीले पछिल्ला समयमा खेल क्षेत्रले अन्तर्राष्ट्रियस्तरमा उपलब्धि हासिल गर्न थालेको बताए।  मौका पाएपछि नेपालीले गर्छ भनेर मैले भन्दै आएको छु। हामीले नयाँ नयाँ सफलता र कीर्तिमान (रेकर्ड) कायम गर्नुपर्छ। पुराना रेकर्डहरु तोड्दै जानुपर्छ। म सबै खेलाडीलाई भविष्यमा थप सफलता मिलोस् भन्ने शुभकामना दिन्छु।’

उनले जापानको ओलम्पिक र एसियन गेमलाई लक्ष्यमा राखेर अगाडि बढ्न आग्रह गरे। परिषद्का संरक्षकसमेत रहेका प्रधानमन्त्री ओलीले भने,‘हाम्रो अबको लक्ष्य जापानको ओलम्पिक खेल हुनुपर्छ। एसियन गेम लक्ष्य हुनुपर्छ। त्यसको तयारी राम्रोसँग होस्। त्यसअनुसारको तालिम र अभ्यास होस्  भन्न चाहन्छु।’

null

उनले पलेसा गोवर्द्धनले पारा ओलम्पिकमा कास्य पदक जित्नु एक कोशेढुङ्गा सावित भएको बताए। पलेसालाई दिइने रु ६५ लाख पुरस्कार कर नकटाइ छिट्टै दिइने जनाउँदै प्रधानमन्त्री ओलीले पुरस्कार घोषणा भएर प्राप्त नहुने रोग अब अन्त्य हुने स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले कुनै पनि खेलमा प्रतियोगिताको अन्तिम समयसम्म जितिन्छ भन्ने दह्रो आत्मबल बनाएर आँटका साथ खेलेमा जित हासिल हुने विश्वास व्यक्त गरे। उनले खेल क्षेत्रका संस्थाहरु लोकतान्त्रिक रुपमा चलाइनुपर्नेमा जोड दिँदै विधागत विकास र उन्नतिको साटो आफ्नो स्वार्थका लागि कब्जा जमाइ राख्ने प्रवृत्ति उचित नहुने बताए। 

कार्यक्रममा प्रधानमन्त्री ओलीबाट विभिन्न खेलमा यो वर्ष उत्कृष्ठता हासिल गर्ने खेलाडीहरुलाई सम्मान वितरण गरिएको थियो।nullnull


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.