छिमेकी मुलुकलाई मन्त्री पाण्डेले भने : पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न सहयोग गर्नुहोस्

छिमेकी मुलुकलाई मन्त्री पाण्डेले भने : पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न सहयोग गर्नुहोस्
सुन्नुहोस्

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न छिमेकी मुलुकहरुको सहयोग आवश्यक रहेको बताएका छन्।

भारतको नयाँ दिल्लीमा बुधबारबाट सुरु भएको आईकाओको एशिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय दोस्रो सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रिय विमानस्थलहरु अहिलेसम्म सर्टिफाइ भइसकेको जानकारी दिए।

उनले आइकाओ तथा अन्य सदस्य मुलुकहरुलाई नेपालमा उड्डयन क्षेत्रको अनुसन्धान तथा तालिम केन्द्र स्थापना गर्न जोडदार रुपमा आग्रह गर्दै त्यसका लागि आवश्यक सहजीकरण गर्न नेपाल तयार रहेको बताए। पाण्डेले भने, ‘हाम्रा अन्तर्राष्ट्रिय विमानस्थलहरु अहिलेसम्म सर्टिफाइ भई सकेका छन्, पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी रुपमा सञ्चालन गर्न क्षेत्रीय सहयोगको अपेक्षा गरेका छौँ। यसबाट पनि हाम्रो नागरिक उड्डयन क्षेत्रको निरन्तर सुधारप्रतिको हाम्रो प्रतिवद्धता स्पष्ट हुने छ।’

नेपाल हवाई सुरक्षाका लागि क्षमता अभिवृद्धिप्रति प्रतिबद्ध रहेको र आइकाओको युनिभर्सल सेफ्टी ओभरसाइइट अडिट प्रोग्राम (यूएसओएपी)  कार्यान्वयनको विषयमा नेपालले सन् २०२२ सम्ममा उच्च तथा विश्वका अरु मुलुकको हाराहारीमा उपलब्धी हासिल गरेको बताए। उनले भने,‘सन् २०२२ को अडिटमा नेपालले सरदर ७० प्रतिशतको हाराहारीमा अङ्क हासिल गरेको गरेको कुरा यहाँ जानकारी गराउन पाउँदा म हर्षित छु।’ 
 नेपालमा उड्डयन क्षेत्रको अनुसन्धान र खोजको ठूलो सम्भावना रहेको उनको भनाई छ। ‘नेपालको बेग्ले खाले प्रकृति, भूबनोट र भूगोल छ त्यसैले गर्दा नेपालमा उड्डयन क्षेत्रको अनुसन्धान र खोजको ठूलो सम्भावना छ। हामीले नेपालमा क्षेत्रीय अनुसन्धानर तथा तालिम केन्द्रको स्थापना गर्न सक्छौ। साथै एयर नेभिगेशन सर्भिस (एएनएस)सँग सम्बन्धित खोजी तथा उद्धार, मौसमसम्बन्धी सेवाहरु र एयर ट्राफिक फ्लो मेनेजमेन्ट जस्ता विषयमा भएका राम्रा प्रयासहरुको प्रवद्र्धनका लागि संयुक्त रुपमा काम गर्न सक्छौं’ उनले भने। 

आईकाओको मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन मन्त्री पाण्डे मंगलबार भारत गएका हुन्। सम्मेलन दुई दिनसम्म चल्नेछ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.