पलेसाको सान

पलेसाको सान
सुन्नुहोस्

गत अगस्ट ३१ मा फ्रान्सको राजधानी पेरिसमा आयोजना भएको पारालिम्पिक नेपालका लागि ऐतिहासिक रह्यो । इतिहास तेक्वान्दो खेलाडी पलेसा गोवद्र्धनले रचिन् । नेपालका लागि पलेसाले अहिलेसम्मकै ठूलो पदक जितिन् । पारालिम्पिकको के–४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको तौलसमूहमा पलेसाले कांस्य पदक जितेकी थिइन् । उनले जितेको कांस्य पदक नेपाली खेलाडीले जितेको अहिलेसम्मकै ठूलो पदक हो । त्यसो त तेक्वान्दोतर्फमात्रै नभई पलेसाले जितेको पदक नेपाली खेलकुद जगतकै लागि ऐतिहासिक उपलब्धि हो । यसले समग्र खेलाडी जगत्लाई ठूलो प्रेरणा हो । 

गृष्मकालीन ओलम्पिकमा नेपालले तेक्वान्दोमै प्रदर्शनी खेलमा कांस्य पदक जितेको छ । दक्षिण कोरियामा सन् १९८८ मा दक्षिण कोरियामा भएको २४औं संस्करणको सिओल ओलम्पिकमा विधान लामाले ल्याएको उपलब्धि प्रदर्शनी खेल भएकाले पदक तालिकामा गणना गरिएको थिएन । पलेसाले यसपालि जुन उपलब्धि हासिल गरिन् त्यसको छनक सन् २०२० मै दिएकी थिइन् । त्यो साल जापानमा भएको पारालिम्पिकमा पहिलोपटक सहभागी भएर उनी कांस्य पदकनजिक पुगेकी थिइन् । 

उनी पारालिम्पिकमा दुई खेल जित्ने पहिलो नेपाली खेलाडी पनि बनेकी छन् । पलेसाले पदकका लागि नेपाली खेलाडी अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न सक्षम छन् प्रमाणित गरिदिएकी छन् । त्यसो त २१ वर्षीया पलेसाले पेरिस पारालिम्पिकसहित तीन स्वर्ण र तीन कांस्य गरी ६ अन्तर्राष्ट्रिय पदक जितेकी छन् । 

जन्मँदै अपांगता भए पनि पलेसाले जुन प्रतिभा प्रदर्शन गरिन्, त्यसले खेलकुद जगत्सँगै समग्र नेपालीलाई ठूलो प्रेरणा दिएको छ । पलेसाले बायाँ हातको हत्केला नहुँदा नहुँदै पनि जसरी खेलकुद क्षेत्रमा आफूलाई अब्बल सावित गरेकी छन् । सँगसँगै उनले पढाइलाई पनि अघि बढाएकी छन् । चीनको सांघाईस्थित तोङजी विश्वविद्यालयमा आर्किटेक्चर इन्जिनियरिङ पढिरहेकी पलेसाले खेल र पढाइ दुवैलाई उत्तिकै महŒवका साथ अघि लगेकी छन् । खेलाडी र कलाकारहरूलाई कला र अध्ययनसँगै लैजाने चुनौती हुन्छ, जसलाई पलेसाले सामना गरेकी छन् । त्यस मानेमा पनि पलेसा अब्बल र उदाहरणीय सावित भएकी छन् । देशको नाम रोशन बनाएकी छोरीलाई अझै प्रगतिको शुभकामना ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.