प्री ओपन सेसनमा नेप्से परिसूचक १५ अंकले बढ्यो
काठमाडौं : साताको अन्तिम सेयर कारोबार दिन आज प्री ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ।
नेप्से परिसूचक १५.२४ अंकले बढेर २६२५.४६ विन्दुमा पुगेको हो।
यो समयमा ५९ स्क्रिप्सको ३ हजार ३०४ कित्ता सेयर २१ लाख ८१ हजार ८६६ रुपैयाँमा खरिदबिक्री भए। प्री ओपन सेसनमा ३३ वटा स्टक्सको मूल्य बढ्दा २१ वटा को घट्यो भने ४ वटाको मूल्य स्थिर रह्यो।