कार्यसम्पादन सम्झौता अनुसार अगाडि बढ्न मन्त्री र कर्मचारीलाई निर्देशन

लक्ष्यअनुसार अगाडि बढौं, हामीलाई काम ढिलो गर्ने र विश्राम लिने सुविधा छैन : प्रधानमन्त्री ओली

लक्ष्यअनुसार अगाडि बढौं, हामीलाई काम ढिलो गर्ने र विश्राम लिने सुविधा छैन : प्रधानमन्त्री ओली
तस्बिर : प्रधानमन्त्री सचिवालय

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यसम्पादन सम्झौताअनुसार अगाडि बढ्न मन्त्री र कर्मचारीलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरबार आज  उपप्रधानमन्त्री र मन्त्रीहरूसँग कार्य सम्पादन सम्झौतापछि ओलीले देशप्रति जिम्मेवार भएर अगाडि बढ्न निर्देशन दिएका हुन्।

‘कति अवधिभित्र, कुन-कुन मन्त्रालयले कति काम गरिसक्ने, हामीले गन्तव्य तोकेका छौं। कार्ययोजना तोकेका छौं। हामीले लक्ष्य निर्धारण गरेका छौं। मन्त्री र मुख्यसचिवको कार्य सम्पादन सम्झौता भएको छ।’ ओलीले भने,‘ठोस कामको ठोस प्रतिबद्धता गरेका छौं। टीम स्प्रिटमा काम गर्छौं। एक अर्कालाई सहयोग गर्छौं। देश र जनताप्रति जिम्मेवार भएर काम गर्छौं।’null

ओलीले के गर्छौं भन्ने थाहा नभएसम्म अगाडि बढ्न नसकिने भएकाले लक्ष्य निर्धारण गरेर काम गर्ने सहमति भएको बताए। ‘हामी कामलाई तिव्रता दिनेछौं। हामीसँग ढिलो गर्ने र अलमल गर्ने सुविधा छैन, विश्राम  लिने सुविधा छैन।’ 

ओलीले एक अर्को मन्त्रालयको काम र खर्चको डुब्लिकेशन हुनु नहुने नबनोस् भन्ने विषयमा ध्यान दिन आग्रह गरे। ओलीले समन्वयनात्मक ढंगले काम गर्न मन्त्री र मन्त्रालयहरुलाई निर्देशनसमेत दिए। उनले कार्यसम्पादन सम्झौता अनुसार अगाडि बढ्न सबैलाई निर्देशन दिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.