गेटा अर्थात् सुदूरको स्वास्थ्य गेट

गेटा अर्थात् सुदूरको स्वास्थ्य गेट
सुन्नुहोस्

चिकित्सा शिक्षा आयोगले देशभरका मेडिकल कलेजमा चिकित्सा शास्त्र अध्ययन गर्ने विद्यार्थी संख्याको कोटा हालै सार्वजनिक ग¥यो । त्यसमा देशका ६ प्रदेशका २५ कलेज, प्रतिष्ठानहरूको नाम समावेश थियो । एउटै प्रदेशचाहिँ छुट्यो— सुदूरपश्चिम । सुदूरपश्चिममा मेडिकल कलेज चलाउन नसकिने अवस्था छैन । सकिन्छ । सरकार पनि सबै प्रदेशमा सरकारी स्वामित्वका एक–एक मेडिकल कलेज चलाउने नै भन्छ । सुदूरपश्चिमको 

धनगढीमा मेडिकल कलेजका लागि आवश्यक पूर्वाधार तयार पनि छ । गेटामा झन्डै ७ अर्बका ५६ वटा गगनचुम्बी भवन बनिसकेका छन् । मेडिकल कलेज र अस्पताल चलाउन भौतिक पूर्वाधार काफी छ । विद्यार्थी अटाउने कक्षा कोठा, ई–लाइब्रेरी भवन पनि निर्माण भइसकेका छन् । छात्रावासका लागि चारतले चार वटा भवन पनि बनेको छ ।

सरकारले गेटालाई सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय नामकरणमात्रै गरेको छैन, ‘सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक राष्ट्रियसभाले पास गरिसकेको छ । विधेयक प्रतिनिधिसभामा अडकएको छ । सरकारले चाहने हो भने प्रतिनिधिसभाबाट त्यो विधेयक पारित गर्न आइतबार पर्खनु पर्दैन ।

तर विलम्ब र बेवास्ता त्यसैमा छ । अनि ६÷७ सय शड्ढया क्षमताको पूर्वाधार छ र पनि सय शड्ढयाको अस्पतालमात्रै चालु छ । शड्ढयासँग ३ वर्षदेखि ३ सय शड्ढया चलेपछि मात्रै चिकित्साशास्त्रको पढाइ अनुमति दिइने प्रावधान छ । तसर्थमा पनि सरकारले ३ सय शड्ढया तुरुन्तै सञ्चालन गर्ने हो भनेसमेत अरू केही सय पर्खनुपर्ने भएको छ । जबकि सुदूरपश्चिमका हकमा त्यस्तो प्रावधान नराखिएको भए हुने थियो ।

जुन, प्रदेशका ४५ प्रतिशत नागरिक गरिब छन््, त्यहीं स्वास्थ्य पूर्वाधार विकास नगर्नु सरकारले निमुखा नागरिकमाथि अन्याय गर्नु हो । त्यसो त यही प्रदेशबाट मन्त्री र प्रधानमन्त्री पनि भएका छन्् । उनीहरूले समेत आफ्नो प्रदेशमाथि न्याय दिलाउन किञ्चित सकेनन् । गेटामा मेडिकल कलेज हुनु भनेको सुदूरका नागरिकले सुलभ र स्तरीय स्वास्थ्य सेवा पाउनु हो । अर्थात््, गेटा सुदूरको स्वास्थ्य गेट बन्नु हो । अनि यहाँका विद्यार्थीले आफ्ना घरआँगन छेउमा डाक्टरी शिक्षा पाउनु हो । केवल सुदूरपश्चिमलाई मात्रै मेडिकल कलेजबाट बञ्चित गराइनु राज्यका तर्फबाट भएको ठूलो अन्याय हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.