कोशीमा ७ वटै संसदीय समितिको नेतृत्व निर्विरोध

कोशीमा ७ वटै संसदीय समितिको नेतृत्व निर्विरोध
फाइल तस्बिर।
सुन्नुहोस्

विराटनगर : कोशी प्रदेशमा ७ वटै संसदीय समितिको नेतृत्व निर्विरोध रूपमा चयन गरिएको छ। सबै समितिको सभापतिमा बिहीबार १–१ जनाले मात्रै मनोनयन दर्ता गराएका हुन्। 

प्रदेशसभाको मिनी संसद् मानिने विषयगत समितिको सभापतिका लागि १ जनाभन्दा बढीको उम्मेदवारी नपरेका कारण त्यसैलाई निर्वाचित भएको घोषणा गर्ने तयारी छ। एकल उम्मेदवारीकै कारण सबै सभापति निर्विरोध निर्वाचित भएका हुन्। समितको सभापति बनेकाहरुको शपथ आज (शुक्रबार) हुने छ। 

प्रदेशको विषयगत संसदीय समितिको सभापतिमा नेपाली कांग्रेस र नेकपा (एमाले)ले ३–३ र नेकपा (माओवादी केन्द्र)बाट १ जनाको मनोनयन दर्ता भएको छ। प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीका अनुसार एमालेका होमबहादुर थापाले प्राकृतिक स्रोत तथा पूर्वाधार समिति, कमला दर्नालले न्याय प्रशासन तथा विधायन समिति र रामदेव यादवले उद्योग, पर्यटन तथा वातावरण समितिको सभापतिमा मनोनयन दर्ता गराएका छन्। 

कांग्रेसका गयानन्द मण्डलले सामाजिक विकास समिति, खगेश्वरी पौडेल सुशासन तथा योजना समिति र विनोद राईले अर्थ समितिको सभापतिमा उम्मेदवारी दिएका छन्। सार्वजनिक लेखा समितिको सभापतिमा माओवादीका राजन किरातीको उम्मेदवारी परेको छ। सभापति निर्वाचित भएको घोषणा र शपथग्रहणको समय दिउँसो २ बजेलाई तोकिएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.