कोशीमा मन्त्रीपरिषद् विस्तार, मन्त्री र राज्यमन्त्रीले लिए शपथ

कोशीमा मन्त्रीपरिषद् विस्तार, मन्त्री र राज्यमन्त्रीले लिए शपथ
फाइल तस्बिर।
सुन्नुहोस्

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीपरिषद् विस्तार गरेका छन्। कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले थप गरेका हुन्।  नव नियुक्त मन्त्रीहरुले शपथ ग्रहण पनि गरेका छन्।

शुक्रबार उनले नेपाली कांग्रेसबाट तीन जना मन्त्री र एक राज्यमन्त्रीलाई नियुक्त गरेका हुन्। उनीहरूले प्रदेश प्रमुखबाट शपथ ग्रहण पनि गरेका छन्। योसँगै प्रदेशको मन्त्रीपरिषद् संख्या १० पुगेको छ।

कांग्रेसको नेतृत्व गर्दै भुपेन्द्र राई भौतिक पूर्वधार मन्त्री बनेका छन्। उनी कृष्णप्रसाद सिटौला समूहका हुन्। खगेनसिह हाङ्गाम उद्योग कृषि तथा सहकारी मन्त्री , सदानन्द मण्डल पर्यटन, वन, वातावरण मन्त्री नियुक्त भएका हुन्।

हाङ्गाम सभापति शेरबहादुर देउवा समूहका हुन्। मण्डल भने संस्थापन भित्रकै ज्ञानेन्द्र कार्कीको समूहका हुन्। कृष्ण सिटौला पक्षका भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.