माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैछ। बैठक शुक्रबार दिउँसो २ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकमा पछिल्ला समसामयिक राजीतिक विषयवस्तुमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ।

बैठकमा नेकपा एमालेका सांसद योगेश भट्टराईले  प्रतिनिधिसभा बैठकमा बोलेको 'हिंसा' शब्द र सत्ता पक्षले उपसभामुख इन्दिरा रानामगरलाई हटाउन खोजेको सम्बन्धमा छलफल हुने बताइएको छ।

गत भदौ १२ गते एमाले सांसद भट्टराईले माओवादीको १० वर्षे संघर्षलाई 'हिंसा' भनेपछि माओवादी केन्द्रले त्यसको संसदमा विरोध जनाउँदै आएको छ। उसले उक्त शब्दलाई संसदको रेकर्डबाट हटाउन माग गरेको थियो। तर,गत बुधबारको संसद बैठकमा सभामुख देवराज घिमिरेले हिंसा शब्द असंसदीय नभएको निष्कर्ष सुनाएपछि माओवादी केन्द्रका सांसदहरूले अवरोध जनाएका थिए। माओवादी सांसदहरू अवरोधपछि संसद बैठक नै स्थगित भएको थियो।

यसैगरी उपसभामुख मगरलाई सत्तापक्षले हटाउने तयारी गरेपछि माओवादी केन्द्रलगायत विपक्षी दलहरूले त्यसको विरोध गर्दै आएको छन्। यो विषयमा पनि बैठकमा छलफल हुने जनाइएको छ। नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुखको राजीनामा समेत माग गरेका छन्।

०७९ साल फागुन २२ देखि चैत ३ गतेसम्म अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको संयन्त्र कमिसन अन द स्टाटस अफ वुमेनको ६७औं सत्रमा भाग लिन जाने क्रममा उपसभामुखले असम्बन्धित व्यक्तिका लागि दूतावासमा पत्र लेखेकी थिइन्। जसमा ४ जना पुरुष र एकजना महिला थिए। यी पाँचैजना यो कार्यक्रमसँग असम्बन्धित व्यक्ति हुन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.