ह्वावे डिजिटल पावरद्वारा भविष्यलाई परिभाषित गर्ने हरित ऊर्जा प्रविधि प्रस्तुत

ह्वावे डिजिटल पावरद्वारा भविष्यलाई परिभाषित गर्ने हरित ऊर्जा प्रविधि प्रस्तुत
सुन्नुहोस्

काठमाडौं : ह्वावे डिजिटल पावरले नेपाल पूर्वाधार सम्मेलन २०२४ मा सफलतापूर्वक सहभागिता जनाएको छ। कन्फेडेरेसन अफ नेपाली इन्डस्ट्रिज सिएनआइले भाद्र २७ र २८ गते काठमाडौंमा सम्मेलनको आयोजना गरेको हो। 

दुई दिने कार्यक्रममा विश्वभरका नीति निर्माता, उद्योगी व्यवसायी र वैज्ञानिक आविस्कारकहरू भेला भएर नेपालको पूर्वाधार विकासको बारेमा भएको छलफल भएका थियो। सम्मेलनको प्रमुख ध्यान हरित ऊर्जा, दिगोपन र डिजिटल रूपान्तरणमा केन्द्रित गरिएको थियो। यस वर्षको सम्मेलन नेपालको पूर्वाधारको भविष्यलाई आकार दिनमा स्वच्छ ऊर्जा र डिजिटलाइजेशनको महत्वपूर्ण भूमिका रहने तर्फ केन्द्रित रह्यो।
 

भाद्र २७ को ऊर्जा र जलस्रोत प्यानल छलफलमा ह्वावे एपीएसी डिजिटल पावर स्मार्ट पिभि एण्ड इएसएस का अध्यक्ष चेन योंगले ‘स्मार्ट र दिगो संसारको लागि ऊर्जा डिजिटलाइजेशन’ शीर्षकमा अध्ययन प्रस्तुत गरे। उनले ह्वावेको वैश्विक ऊर्जा रुपान्तरणमा भूमिका, डिजिटल समाधानलाई पावर इलेक्ट्रोनिक्ससँग एकीकृत गरेर स्वच्छ ऊर्जा उपलब्ध गराउने र हरित क्रान्तिमा योगदान पुर्याउने स्पष्ट पारे।
 
चेन योंगले भने, ‘वैश्विक ऊर्जा परिदृश्य द्रुत गतिमा परिवर्तन भइरहेको छ जलवायु परिवर्तनको आवश्यकता र दिगो वृद्धि विश्वव्यापी आवश्यकता हो। ह्वावे कार्बन तटस्थता समर्थन गर्न प्रतिबद्ध छ। कम कार्बन उर्जा उत्पादन, इलेक्ट्रिक ऊर्जा खपत, र डिजिटलाइजेशनलाई एकीकृत गरेर हरित रूपान्तरणलाई सशक्त पार्न ह्वावे अडिग छ। ५ औं औद्योगिक क्रान्ति आइआर, जसले कम कार्बन र बौद्धिक प्रविधिहरूसँग मेल खान्छ, जसले हामीलाई हरित संसारसँग ल्याउँछ।’

चेनले ह्वावे स्मार्ट पिभि सोलुसन्सहरूको बारेमा प्रकाश पार्दै, कृत्रिम बुद्धिमत्ता र क्लाउड कम्प्युटिङको मद्दतले सौर्य पावर प्लान्टहरूको प्रदर्शनलाई अधिकतम ऊर्जा उत्पादन सुनिश्चित गर्ने र सञ्चालन लागतलाई घटाउने उल्लेख गरे। उनले ह्वावेका स्मार्ट ब्याट्री एनर्जी स्टोरेज सिस्टम बीइएसएसको बारेमा थप व्याख्या समेत गरे। यस प्रविधिले भण्डारण दक्षता सुधार्छ। हानिलाई कम गर्छ र नवीकरणीय ऊर्जा स्रोतहरूसँग सहज रूपमा एकीकृत हुन्छ। उनले ह्वावेको लिक्विड कुल्ड अति तीव्र चार्जिङ प्रविधिको परिचय पनि दिए। जसले तिव्र र सुविधाजनक इभि चार्जिङ प्रदान गर्दछ। विद्युतिय वाहनहरूको प्रयोगलाई सहज बनाउन सहयोग गर्दछ। 

चेन योंगको अध्ययन प्रस्तुतीका प्रमुख निष्कर्षहरू:
•    वैश्विक ऊर्जा परिदृश्य कार्बन तटस्थता लक्ष्य र अर्थतन्त्रहरूको नेट जीरो प्रतिज्ञाका कारण रूपान्तरित हुँदैछ।
•    कार्बन उर्जा उत्पादन र डिजिटलाइजेशनको संयोजनले हरित रूपान्तरणको ठूलो सम्भावना प्रदान गर्दछ।
•    उच्च कार्बनबाट कम कार्बन र अन्ततः नेट जीरो कार्बनमा परिवर्तन दिगो भविष्यको लागि अनिवार्य छ।
•    नवीकरणीय ऊर्जा प्रविधिको अपनाउने आवश्यकता अनिवार्य छ यो भविष्यको आर्थिक वृद्धि र पर्यावरणीय दिगोपनको लागि महत्त्वपूर्ण छ।

ह्वावे डिजिटल पावरको सम्मेलनमा सहभागिताले  यसको स्मार्ट पिभि र इएसएस सोलुसन्सहरूको माध्यमबाट नेपालको हरित ऊर्जा संक्रमणमा यसको योगदानलाई स्पष्ट पारेको छ। यी नवप्रवर्तनहरू नेपालका उद्देश्यहरूसँग मिल्छ  जसले प्राकृतिक स्रोतहरूलाई बढी कुशलताका साथ प्रयोग गर्ने र आर्थिक वृद्धि र दिगोपनलाई समर्थन गर्ने लक्ष्य राख्दछ। 
 
सम्मेलनको समापनसँगै ह्वावे डिजिटल पावरले नेपाललाई उन्नत डिजिटल पावर समाधानहरूसँग सशक्त पार्नका निम्ति आफ्नो प्रतिबद्धता पुन पुष्टि गरेको छ। स्थानीय सरोकारवालहरूसँगको साझेदारी मार्फत ह्वावे डिजिटल पावरले नेपालको हरित र डिजिटल रूपान्तरणको यात्रा सहयोगी पात्रका रुपमा रहेने लक्ष्य राखेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.