वीरगन्ज महानगर र शिक्षक महासंघबीच ५ बुँदे सहमति, शिक्षक सरुवाको विवाद साम्य

वीरगन्ज महानगर र शिक्षक महासंघबीच ५ बुँदे सहमति, शिक्षक सरुवाको विवाद साम्य
सुन्नुहोस्

वीरगन्ज : वीरगन्ज महानगरपालिकाले महानगरका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको दरबन्दी मिलान तथा सरुवा बारे झण्डै डेढमहिनादेखि महानगरपालिका र शिक्षकहरूबीच चल्दै आएको विवाद शुक्रबारदेखि साम्य भएको छ । 

शुक्रबार वीरगन्ज महानगरपालिका र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच भएको वार्तामा ५ बुँदे सहमति भएसँगै शिक्षकको दरबन्दी मिलान-सरुवा बारेको विवाद साम्य भएको हो । गत साउन ११ गते वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले ४ सय ६८ जना शिक्षक र कर्मचारीहरूको दरबन्दी मिलान तथा सरुवा गरेपछि त्यसप्रति असन्तुष्टि जनाउँदै शिक्षक महासंघले विरोधका विभिन्न कार्यक्रम गर्दै आएको थियो । जसका कारण महानगरका सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित भएको थियो । 

शुक्रबार वीरगन्ज महानगरका मेयर राजेशमान सिंह, उपमेयर इम्तियाज आलम, शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्ण र शिक्षक महासंघ वीरगन्ज महानगरका अध्यक्ष प्रदीप जयसवालबीच भएको वार्तामा ५ बुँदे सहमति भएको हो । ५ बुँदे सहमतिपत्रमा चारै जनाले हस्ताक्षर गरेका छन् ।  

दरबन्दी मिलान तथा सरुवा व्यवस्थापनमा परेका शिक्षक, कर्मचारी र बालविकास शिक्षकहरूले तोकिएको विद्यालयमा हाजिर भइ नियमित कामकाज गर्ने, कुनै समस्या भएमा त्यसको सम्बोधन गरिने, पहिचान भएका समस्यामा परेका शिक्षक र कर्मचारीको समस्या यकिन गरी आवश्यकता अनुसार समाधान गर्दै जाने, विद्यालयका कर्मचारीहरूको सेवासुविधा र शर्त बारे काार्यविधि तयार गर्ने सहमति भएको छ । 

यस्तै बालविकास शिक्षकहरूका लागि परेको अपायक अवस्था पहिचान गरी आवश्यकता अनुसार काज व्यवस्थापन गरी समाधान गर्ने र वीरगन्ज महानगरपालिकाको समग्र शैक्षिक विकासका लागि नेपाल शिक्षक महासंघ महानगर कार्यसमिति र वीरगन्ज महानगरपालिका बीच सहकार्य गर्दै अगाडि बढ्ने सहमति पनि भएको शैक्षिक प्रशासन महाशखाका प्रमुख कर्णले जानकारी दिए। 

वार्तामा सहभागी नेपाल शिक्षक महासंघ वीरगन्ज महानगर कार्यसमितिका अध्यक्ष जयसवालले दरबन्दी मिलान तथा सरुवाबाट समस्या परेका शिक्षक तथा कर्मचारीहरूको समस्या समधान गर्ने सहमति भएको बताए । सहमतिसँगै शिक्षक र कर्मचारीहरू तोकिएको विद्यालयमा आइतबारदेखि हाजिर भइ कामकाजमा खटिने बताए  । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.