रानाले टेक्निकल्ली त्रुटी गरेपनि त्यसको सजाय उपसभामुखबाट हटाउनेसम्म जानु हुँदैन : प्रचण्ड

रानाले टेक्निकल्ली त्रुटी गरेपनि त्यसको सजाय उपसभामुखबाट हटाउनेसम्म जानु हुँदैन : प्रचण्ड
सुन्नुहोस्

विराटनगर : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसभामुख इन्दिरा रानाले पत्रमा हस्ताक्षर गरे टेक्निकल्ली त्रुटी गरेपनि हटाउन नहुने बताएका छन्। विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले रानालाई उपसभामुखबाट हटाउने विषयबाट काँग्रेस–एमाले आफैं ब्याक हुने दाबी गरेका हुन्।

´उपसभामुख एउटा इमान्दार, जनजाति महिला, बालबच्चाको लागि ख्याति प्राप्त हुनुहुन्छ। उहाँले टेक्निकल्ली केही कुरा नजानेर त्रुटी गर्नुभयो। त्यसको सजाय उपसभामुखबाट हटाउनेसम्म जानु हुँदैन भन्नेमा हामी दृढ छौं। सायद उहाँलाई हटाउने कुराबाट काँग्रेस एमाले नै पछि हट्नु हुन्छ होला।’ 

अध्यक्ष प्रचण्डले संवैधानिक परिषदमा प्रधानन्यायाधीश सिफारिसका लागि ८ जनाको नाम सिफारिस भएकाले पदका लागि सबै योग्य भएको बताए। तपाईँहरुले वरीयता मिच्न लाग्नु भएको कुरा छ नि ? भन्ने पत्रकारको जिज्ञासामा उनले भने, 'प्रधानन्यायाधीशको सिफारिसका लागि ८ जनाको नाम आएको छ। हिजोको बैठकमा पनि सिनियारिटीलाई तोड्नुपर्छ भनेर कसैले भनेको छैन। त्यस्तो समस्या परेको केही छैन।’

उनले संवैधानिक निकायमा रिक्त रहेका पदहरुमा एकैपटक नियुक्त गर्नु राम्रो हुने बताए। ‘एउटा एउटा गर्नु राम्रो हुँदैन भनेर मैले भनेको छु। सबै रिक्त रहेका संवैधानिक आयोगहरुमा पूर्ति गर्नुपर्छ भन्ने लागेको छ,’ उनले भने।

नेतृत्वबाट हट्नुपर्ने पार्टीभित्र बहस चलेको तर्फ संकेत गर्दै प्रचण्डले राजनीतिमा नेताको एक्जिट भन्ने नहुने बताए। उनले भने, ‘सच्चा राजनीतिज्ञहरु बाँचेसम्म राजनीति गर्छन्। मरेपछि पनि उनीहरुले राजनीति गरिरहन्छन् भन्ने दर्शन छ। नेतालाई विश्राम लिने छुट हुँदैन।´ 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.