काभ्रेको पनौती बालश्रममुक्त नगरपालिका घोषणा

काभ्रेको पनौती बालश्रममुक्त नगरपालिका घोषणा
सुन्नुहोस्

काठमाडौं : काभ्रेको पनौती नगरपालिका बालश्रममुक्त नगरपालिका घोषित भएको छ।  

राष्ट्रिय बाल दिवसको अवसरमा शनिबार पनौतिमा आयोजित कार्यक्रमका बीच बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा तामाङले ‘बालश्रममुक्त नगरपालिका’ भएको घोषणा गर्दै प्रमाणपत्र प्रदान गरेका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले बालबालिकाको हक अधिकार र बाल अधिकार संरक्षण गर्न बागमती प्रदेश सरकार प्रतिबद्ध रहेको पनि बताए। 

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य तीर्थ लामाले पनौतीलाई बालश्रममुक्त नगर घोषणा गरिएकोमा शुभकामना व्यक्त गर्दै यसको दिगोपनाका लागि निरन्तर कार्यक्रम गर्नको लागि आग्रह गरे।

बागमती प्रदेश सभाका सदस्य कञ्चन चन्द्र बादेले बालबालिकाको सुनौलो भविष्य र बालअधिकार संरक्षणका लागि प्रदेश सरकारले आवश्यक साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। 

नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरेर नगरपालिकाका १२ वटा वडालाई विभिन्न मितिमा बाल श्रममुक्त घोषणा गरिएपश्चात नगरपालिकालाई बालश्रममुक्त नगरपालिका घोषणा गरिएको पनौती नगरपालिकाका प्रमुख राम शरण भण्डारीले बताए। 

मुख्यमन्त्री लामासहित बाग्मती प्रदेश सभा सदस्य कन्चनचन्द्र वादे, तीर्थ लामा, पनौती नगरप्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बन्जारा, नमोबुद्ध नगरपालिका प्रमुख कुनसाङ लामा, पनौती नगरपालिकाका सबै वडाध्यक्षसहित जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य लगायतले बालश्रममुक्त नगरपालिका दिगोपनाको लागि प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.