थारुको कलासंस्कृति जगेर्ना गर्न शास्त्रीय संगीत कक्षा सञ्चालन

थारुको कलासंस्कृति जगेर्ना गर्न शास्त्रीय संगीत कक्षा सञ्चालन
सुन्नुहोस्

वीरगन्ज : थारु जाति र थरुहट क्षेत्रबाट लोप हुँदै गएको शास्त्रीय संगीत जगेर्ना गर्नका लागि पर्साको पटेर्वा सुगौली गाउँपालिकाले अग्रसरता लिएको छ। पालिकाले शास्त्रीय संगीत अध्ययन प्रतिष्ठान नै गठन गरेर शास्त्रीय संगीत सिकाउने कक्षा सुरु गरेको छ। 

शनिबार एक कार्यक्रमको आयोजना गरी पालिकाले शास्त्रीय संगीत सिकाउने कक्षाको औपचारिक रूपमा सुरुवात गरेको हो। कार्यक्रममा पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष दिनेश चौधरीले शास्त्रीय संगीत कक्षाको उद्घाटन गरेका हुन्। 

पटेर्वा सुगौली गाउँपालिका–४ सुगौली दापस्थित गुदरबाबा मठको कोठामा शास्त्रीय संगीत अध्ययन प्रतिष्ठानको कार्यालय स्थापना गरी त्यही शास्त्रीय संगीत कक्षा सञ्चालन गरिएको अध्यक्ष चौधरीले बताए।

थरुहट क्षेत्र र थारु जातिबाट लोप हुँदै गएको शास्त्रीय संगीतको जगेर्ना गर्न र आजको पीढीलाई यसतर्फ आकर्षित गर्ने उद्देश्यले शास्त्रीय संगीत अध्ययन प्रतिष्ठान नै गठन गरेर शास्त्रीय संगीत कक्षा सञ्चालन गरिएको उनले बताए। शास्त्रीय संगीत कक्षामा थारु जातिको कला संस्कृति र पहिचानसँग जोडिएका तबला, ढोलक, बेन्जु, हार्मोनियम लगायतका वाद्यवादन बजाउन सिकाइने अध्यक्ष चौधरीले जानकारी दिए। त्यसका लागि भारतको बनारस र ग्वालियरबाट शास्त्रीय संगीत पढेर आएका स्थानीय दुई जनालाई प्रशिक्षकका रूपमा गाउँपालिकाले राखेको उनले बताए। 

शास्त्रीय संगीत कक्षामा आवश्यक डिएका तबला, ढोलक, बेन्जु, हार्मोनियम लगायतका वाद्यवादनहरू र प्रशिक्षकको व्यवस्थापन गाउँपालिका कार्यालयले नै गरेको अध्यक्ष चौधरीले जानकारी दिए। शास्त्रीय संगीत सिक्न चाहनेका लागि न्यूनतम भर्ना शुल्कमात्र लाग्ने र त्यसबाहेक अरू कुनै शुल्क तिर्न नपर्ने उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.