सवारी दुर्घटनामा परी नेपाली सेनाका दुईजना घाइते

सवारी दुर्घटनामा परी नेपाली सेनाका दुईजना घाइते
सुन्नुहोस्

गोरखा : शनिबार अपरान्ह पाँच बजेतिर भएको सवारी दुर्घटनामा परी नेपाली सेनामा कार्यरत दुईजना घाइते भएका छन्। गोरखा नगरपालिका-९ ठिगुरेश्वारामा सेनाका दुईजना सवार मोटरसाइकल टिपरसँग ठक्कर खाँदा रिपुमर्दन गणमा कार्यरत सुरेन्द्र राई र जनम राई घाइते भएका हुन्। 

गोरखा बजारबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग १ क ५६५४ नम्बरको टिपर र विपरीत दिशाबाट आउँदै गरेको  बा ७० प २८७१ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई सवारी दुर्घटना भएको थियो। घाइतेमध्ये सुरेन्द्र राई गम्भीर घाइते छन्। घाइते दुवैजना लेसनायक हुन्।

घाइते दुवै जनाको गोरखा अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले बताए। टिपर चालक अजिरकोट गाउँपालिकाका चन्द्रबहादुर परियारलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.