भीम रावलका कारण सुदूरपश्चिम एमालेमा समस्या देखियो : लेखराज भट्ट

भीम रावलका कारण सुदूरपश्चिम एमालेमा समस्या देखियो : लेखराज भट्ट

धनगढी : नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टले भीम रावलका कारण सुदूरपश्चिमको पार्टीमा समस्या भइरहेको बताएका छन्। नेकपा एमाले सुदूरपश्चिम सल्लाहकार परिषदको सपथग्रहण कार्यक्रममा बोल्दै इञ्चार्ज भट्टले यस्तो बताएका हुन्। 

‘भीम रावलको समस्या पार्टीको माथिल्लो निकायमा हो। तर, उहाँ तलतल आउनुभयो। जसका कारण सुदूरपश्चिममा पार्टीभित्र समस्या देखियो,’ इञ्चार्ज भट्टले भने। रावल हरेक पटक सुदूरपश्चिम आएर एमालेमै रहेका तर आफ्नो नजिक रहेकाहरूको गुट बनाउँदै हिँडेको उनको आरोप छ। भीम रावलको बढी उठबस सुदूरपश्चिमका नेकपा एकीकृत समाजवादीका नेताहरूसँग छ। शुक्रबारमात्रै टीकापुरमा रहेका रावललाई त्यहाँका एमाले र एकीकृत समाजवादीका नेताहरूले नयाँ पार्टी खोल्न दबाब दिएको खबरहरू सार्वजनिक भएका छन्।

‘जुन जिल्लामा गए पनि उनको गुटको भेला हुने, नेता कार्यकर्ताहरूलाई भडकाउने कार्यहरू भएका छन्। उहाँको समस्या पार्टी नेतृत्वसँग हो भने उहाँले नेतृत्वसँगै गएर समस्या समाधान गर्नुपर्छ। तल-तल आएर गतिविधि गर्न थाले पनि पार्टी बिग्रिन थालेको छ,’ इञ्चार्ज भट्टले भने।

उनले पार्टीले ‘मिसन ८४’ भन्ने नारा ल्याए पनि पार्टीभित्रको आन्तरिक एकता यस्तै रह्यो भने उक्त मिसन सफल नहुने बताए। ‘पार्टीले मिसन ८४ को नारा ल्याएको छ। यो भनेको आउँदो ८४ को निर्वाचनमा संघ, प्रदेश र स्थानीय तहमा एमालेको बहुमतको सरकार बनाउनु हो, तर सुदूरपश्चिममा पार्टीको आन्तरिक एकतामा सुधार भएन भने मिसन ८४ सफल पार्न सकिँदैन,’ नेता भट्टले भने।

सल्लाहकार परिषदले पार्टीelत्रको अन्तरविरोध पहिचान गर्ने, पार्टीभित्रका गुटहरू कुनै का पक्षमा पनि नलागेर स्वतन्त्ररूपमा त्यसको समाधान गरी आन्तरिक एकता बढाउने कार्य गर्नुपर्ने नेता भट्टको भनाइ थियो। उनले अहिले नेताको वरिपरि चक्कर लगाएर अवसर प्राप्त गर्ने प्रवृत्ति बढेको बताए। ‘नेताको वरिपरि चक्कर लगाएर अवसर प्राप्त गर्ने, पार्टी र संगठन बनाउन जनता माझ नजानेहरूको बोलबाला पार्टीभित्र बढिरहेको छ। नेतृत्वले आफ्नो नजिकको मान्छे, आफ्नो मान्छे नभनेर एमालेको मान्छे भनेर मूल्यांकन गर्नुपर्छ,’ नेता भट्टले भने। 

कार्यक्रममा नेकपा एमाले सल्लाहकार परिषदका अध्यक्ष अमृत बोहराले पनि सल्लाहकार परिषदलाई कार्यकारी अधिकार नभए पनि, यो कमिटि भनेको पार्टीको जीवन भएको बताए। ‘यसलाई पार्टीभित्रबाट रिटायर्ड हुन थालेको भन्ने अर्थमा बुझिन थालिएको छ। तर त्यस्तो होइन, सल्लाहकार परिषद भनेको पार्टीलाई जीवन दिने, पार्टीभित्रका अराजकताहरूलाई हटाउन सुझाव र सल्लाह दिने निकायका रूपमा बुझ्नुपर्छ,’ उनले भने। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.