सवारी दुर्घटनामा नेपाली सेनाका एकको मृत्यु, एक गम्भीर घाइते

सवारी दुर्घटनामा नेपाली सेनाका एकको मृत्यु, एक गम्भीर घाइते
सुन्नुहोस्

गोरखा : सवारी दुर्घटनामा घाइते भएका नेपाली सेनाका दुई जनामध्ये एकको मृत्यु भएको छ। गोरखा नगरपालिका-९ ठिगुरेश्वारामा सवारी दुर्घटना परी घाइते भएका २५ वर्षीय सुरेन्द्र राईको गोरखा अस्पतालमा उपचारका क्रममा शनिबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ। 

इलामको देउमाई गाउँपालिका-२ घर भई गोरखास्थित रिपुमर्दन गणमा कार्यरत राईको मृत्यु भएको प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए।

गोरखा बजारबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग १ क ५६५४ नम्बरको टिपर र विपरीत दिशाबाट आउँदै गरेको बा ७० प २८७१ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार नेपाली सेनामा कार्यरत दुई जना घाइते भएका थिए।

शनिबार अपरान्ह पौने पाँच बजेतिर भएको सो दुर्घटनामा परी गोरखास्थित रिपुमर्दन गणमा कार्यरत लेसनायकद्वय सुरेन्द्र राई र जनम राई घाइते भएका थिए। 

अर्का घाइते २४ वर्षीय जनमको उपचारका लागि काठमाडौं लगिएको उनले जानकारी दिए। टिपर चालक अजिरकोट गाउँपालिकाका ३३ वर्षीय चन्द्रबहादुर परियारलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.