नारायणी अस्पतालमा पाँच महिनादेखि बन्द एमआरआई सेवा सुरु

नारायणी अस्पतालमा पाँच महिनादेखि बन्द एमआरआई सेवा सुरु
सुन्नुहोस्

वीरगन्ज : नारायणी अस्पतालमा विगत ५ महिनादेखि बन्द रहेको एमआरआई सेवा आइतबारदेखि सुचारु भएको छ। यसअघि सञ्चालनमा आएको ५ महिना पनि नबित्दै एमआरआई मेसिनको बाँकी भुक्तानीका विषयमा अस्पताल प्रशासन र आपूर्तिकर्ताबीचको विवादका कारण एमआरआई सेवा विगत ५ महिनादेखि बन्द रहेको थियो।

संघ सरकारको स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभागले टेण्डर आह्वान गरी आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालि मार्फत चीनबाट ३० करोड रुपैयाँमा खरिद गरि ल्याएको थ्रीटेस्लाको एमआरआई मेसिन अस्पतालमा जडान गरी गत कार्तिक महिनादेखि सञ्चालनमा ल्याइएको थियो।

तर मेसिनको बाँकी २० प्रतिशत रकम अस्पतालले आपूर्तिकर्ता कम्पनी हेल्थ केयर प्रालिलाई भुक्तानी नगरेपछि मेसिन उत्पादक चिनियाँ कम्पनीले मेसिनको सफ्टवेयर अपडेट (अद्यावधिक) नगदिएकाले मेसिन गत वैशाखदेखि बन्द हुन पुगेको थियो।

दुई दिनअघि मात्र एमआरआई मेशिनको सफ्टवेयर अपडेट गरिएको र आइतबारदेखि फेरि एमआरआई सेवा सुचारु भएको अस्पतालका निमित्त मेसु डाक्टर एनामुल हकले बताए। उनले भने,‘मेसिन खरिद गरि ल्याए बापतको ५ प्रतिशत कर नेपाल सरकारलाई आपूर्तिकर्ता कम्पनीले बुझाएपछि अस्पताललेप नि उसलाई तिर्नु पर्ने बाँकी २० प्रतिशत रकम भुक्तानी गरिदियो। त्यसपछि उसले सफ्टवेयर अपडेट गरिदियो।’ सफ्टपेयर अपडेट गरिएपछि शुक्रबार मेसिनको परीक्षण गरिएको र आइतबारदेखि सेवा सुचारु गरिएको उनले बताए।

नारायणी अस्पतालको एमआरआई सेवा ५ महिनासम्म अवरुद्ध हुँदा बिरामीहरू बजारका निजी अस्पतालमा दोब्बर शुल्क तिरेर एमआरआई सेवा लिन बाध्य भएका थिए। नारायणी अस्पतालमा ८ हजार रुपैयाँमा उपलब्ध एमआरआई सेवाका लागि बिरामीले निजी अस्पतालमा १५ देखि १६ हजार रुपैयाँ तिर्नुपर्ने बाध्यता रहेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.