१७ प्रस्तावित राजदूतबारे निर्णय गर्न बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक स्थगित

१७ प्रस्तावित राजदूतबारे निर्णय गर्न बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक स्थगित
फाइल तस्बिर।

काठमाडौं : आजका लागि बोलाइएको संसदीय सुनुवाइ समिति बैठक स्थगित भएको छ। विशेष कारणले बैठक स्थगित भएको समितिको  सचिवालयले जनाएको छ। बैठक ११ बजेका लागि बोलाइएको थियो। संसदीय सुनुवाइ समितिको अर्को बैठक असोज २ गते बस्नेछ।

आजको बैठकमा विभिन्न १७ देशका लागि प्रस्तावित राजदूतहरूका सम्बन्धमा छलफल  र निर्णय गर्ने कार्यसूची थियो।

सरकारले चीनका लागि कृष्णप्रसाद ओली,अमेरिकाका लागि लोकदर्शन रेग्मी , बेलायतका चन्द्र घिमिरे, दक्षिण कोरिया शिवमाया तुम्बाहाङफे, जर्मनीमा डा. शैल रुपाखेती,पोर्चुगलको राजदूतमा प्रकाशमणी पौडेल, मलेसिया नेत्र तिमिल्सिना, इजरायल राजदूतमा धनप्रसाद पण्डित, दक्षिण अफ्रिका राजदूतमा कपिलमान श्रेष्ठ, साउदी अरबमा नरेशविक्रम ढकाल, पाकिस्तानमा रिता धिताल, डेनमार्कका लागि नेपाली राजदूतमा सुम्निमा तुलाधार,श्रीलंकाको राजदूतमा रामकृष्ण भट्टराई र स्पेनको राजदूतमा सनिल नेपाल, रुसका लागि, जंगब चौहानको नाम सिफारिस गरेको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.