भ्रष्टाचारीलाई जोगाउन वर्तमान सरकार गठन भएको पुष्टि हुँदै गएको छ : श्रेष्ठ

भ्रष्टाचारीलाई जोगाउन वर्तमान सरकार गठन भएको पुष्टि हुँदै गएको छ : श्रेष्ठ
सुन्नुहोस्

काठमाडौं : नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भ्रष्टाचारीलाई जोगाउन वर्तमान सरकार गठन भएको पुष्टि हुँदै गएको बताएका छन्।

पोष्ट बहादुर बोगटीको दशौं स्मृति दिवसमा माओवादी केन्द्रले आइतबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा श्रेष्ठले सरकारको पछिल्लो कामकारवाहीलाई हेर्दा भ्रष्टाचारीलाई जोगाउन वर्तमान सरकार गठन भएको पुष्टि हुँदै गएको बताएका हुन्।

पछिल्लो समय सहकारी प्रकरणमा सांसदहरू मुछिदै गएकाले उनीहरूलाई कस्तो कारवाही वा अनुसन्धान हुन्छ भन्ने जनताले हेरिरहेको उनले बताए।

श्रेष्ठले माओवादीको जनयुद्ध वा संविधानमा उल्लेख सशस्त्र द्वन्द्वलाई होच्चाउने काम सत्तापक्ष सांसदहरूबाट भएकाले प्रतिवाद गर्नुपरेको धारणा राखे । हिंसा शब्द नै सदनमा प्रयोग हुन सक्दैन भन्ने नभई जनयुद्धका सन्दर्भमा प्रयोग भएको हिंसा शब्दले परिवर्तनलाई नै अपमान गर्ने काम भएको उनले बताए।

श्रेष्ठले समाजवादी मोर्चालाई क्रियाशिल बनाउन सक्रिय भूमिका खेल्ने र जनताको मुद्दाका विषयमा विचार मिल्नेसँग सहकार्य गर्दै अघि बढ्ने धारणा राखे। उनले माओवादी नेतृत्वको सरकारले कुनै गल्ती नगरि राम्रा काम गरेकाले नै सरकारबाट हटाइएको जिकिर गरे।

सरकारबाट बाहिरिएपछि पनि माओवादीलाई आफूले गरेका कामका कारण जनताका अगाडी मुख देखाउन कुनै समस्या नरहेको उनको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.