आरसीसी सडक निर्माण धमाधम

आरसीसी सडक निर्माण धमाधम
सुन्नुहोस्

जोमसोम : मुस्ताङ सदरमुकाम जोमसोमस्थित सरकारी कार्यालय जाने बाटोमा आरसीसी सडक निर्माणलाई तीव्रता दिइएको छ। 

पूर्वाधार विकास कार्यालय मुस्ताङले जोमसोम पक्की पुलको बाटो हुँदै सरकारी कार्यालय जाने कच्ची सडकलाई थप स्तरोन्नति गर्दै आरसीसी सडक विस्तारको योजना अघि बढाएको हो।

यस बाटोमा जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, कोलेनिका, प्रहरी कार्यालय, घरेलु, शिक्षा विकास तथा समन्वय इकाई, सामाजिक विकास, एक्याप, परियोजना कार्यान्वयन इकाई, डिभिजन वन, भेटेरिनरी अस्पताल, हुलाक, सिँचाइ तथा सबडिभिजन, दूरसञ्चार, निर्वाचन कार्यालय र स्वास्थ्य कार्यालय लगायत एक दर्जनभन्दा बढी महत्वपूर्ण कार्यालय पर्छन्। सरकारी कार्यालय तथा सेवाग्राहीलाई लक्षित गरी जोमसोम सरकारी कार्यालय जाने बाटोको मर्मत तथा स्तरोन्नति सुरु गरिएको हो।

कार्यालयले बहुवर्षीय ठेक्का स्वीकृत गरेको कार्यालयका सूचना अधिकारी ई. घनश्याम रोक्कामगरले बताए। उनका अनुसार बर्सेनि सालबसाली ठेक्काले लक्ष्य अनुसार काम नहुने भएकाले बहुवर्षीय ठेक्कामा लगिएको हो। सुरुवाती  सालबसाली ठेक्का अनुसार  गतवर्ष ३० लाख बजेट विनियोजन भएकोमा निर्माण कम्पनीले १८ लाख भुक्तानी बुझेको सूचना अधिकारी मगरको भनाइ छ।

बहुवर्षीय ठेक्कामा गएको सरकारी कार्यालय जाने बाटोको ठेक्का सम्झौता लागत १ करोड ६ लाख २१ हजार छ। पूर्वाधार विकास कार्यालयले सालबसाली ठेक्काको ५ गुणा वृद्धि गर्न पाउने प्रावधान अनुसार सरकारी कार्यालय जाने सडक बाटोको लागत अनुमान बढेको थियो। 

बाटोको मर्मत तथा स्तरोन्नतिका लागि जिरेश्वर निर्माण सेवाले ठेक्का सम्झौता गरेको थियो। गत आर्थिक वर्ष २०८१ जेठ १८ गते ठेक्का सम्झौता भएको सरकारी कार्यालय जाने आरसीसी सडकको सम्पन्न म्याद आर्थिक वर्ष २०८२ जेठ १८ सम्म छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.