२८ महिनापछि कांग्रेसले सुरू गर्‍यो स्थानीय तह निर्वाचनको समीक्षा

२८ महिनापछि कांग्रेसले सुरू गर्‍यो स्थानीय तह निर्वाचनको समीक्षा
सुन्नुहोस्

हेटौंडा : नेपाली कांग्रेसलेनिर्वाचन सम्पन्न भएको २८ महिनापछि मकवानपुरबाट समीक्षा सुरु गरेको छ। २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा भदौ अन्तिमबाट सुरु गरेको हो। 

पार्टीले स्थानीय तह केन्द्रीय समन्वय विभाग गठन गरेपछि आफ्नो पहिलो कार्यक्रम आज बागमती प्रदेशको राजधानी हेटौंडाबाट सुरु गरेको हो।  कार्यक्रममा स्थानीय तहका प्रमुख तथा उपप्रमुख, वडाध्यक्ष तथा सदस्यहरू एवं उम्मेदवार भएका सम्पूर्णलाई उपस्थित गराइएको छ। कार्यक्रममा स्थानीय तह निर्वाचनको समीक्षा र आगामी योजनाबारे छलफल भएको छ। 

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो। उनले कांग्रेसलाई मजबुद बनाउँदै समग्र जनताको हितमा काम गर्नका लागि जनप्रतिनिधिहरूलाई आग्रह गरेका छन्। उनले समग्र राजनीतिक विषयमा चर्चा गर्दै जनप्रतिनिधि र आम जनताबीच कसरी सम्बन्ध प्रगाढ बनाउन सकिन्छ भन्ने विषयमा चर्चा गरेका थिए। 

त्यस्तै नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले कांग्रेस राष्ट्रियता, समाजवाद र लोकतन्त्रको पक्षधर भएको भन्दै कांग्रेसजनले जनताको घर दैलोमा पुगेर जनताको सेवा गर्दै समस्या समाधानका लागि काम गर्न आग्रह गरे। उनले जनहितको सवालमा आफूले जुनसुकै अवस्थामा सहयोग गर्न तयार रहेको पनि बताए। 

नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा विभाग प्रमुख एवं कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यलगायतको टोलीले जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिएका छन्। कार्यक्रममा नेपाली कांग्रेस निकट विभिन्न तह तप्काका व्यक्तित्वहरूको उपस्थिति थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.