आन्तरिक तथा बाह्य शक्तिबाट मुलुक खतरामा छ : प्रचण्ड

आन्तरिक तथा बाह्य शक्तिबाट मुलुक खतरामा छ : प्रचण्ड
सुन्नुहोस्

झापा : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आन्तरिक तथा बाह्य शक्तिबाट मुलुक खतरामा रहेको जिकिर गरेका छन्। 

झापाको बिर्तामोडमा आइतबार आयोजित राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले नेपालको भूराजनीतिक अवस्थितिका कारण विश्व शक्ति राष्ट्रहरू नेपाललाई टेकेर चीनलाई घेरा हाल्ने वा नेपाललाई त्यस्तो रणनीतिक अड्डा बनाएर नयाँ युद्धको तयारी रहेको उल्लेख गरेका छन्। 

आन्तरिक शक्तिहरू कोही संविधान च्यात्ने, कोही २०४७ मा फर्कन चाहने भएको बताउँदै प्रचण्डले भने, ‘हिजो दुई तिहाइ भएकै बेला एमालेले संविधान च्यात्न खोजेका थिए।’ संविधानको प्रस्तावनादेखि मौलिक हकसम्म नै माओवादी, सशस्त्र सङ्घर्षजस्ता शब्दावली उल्लेख भएकाले एमालेलाई त्यो पाच्य नभएको प्रचण्डको भनाइ छ। 

सत्ता सहकार्य गरेको बेला एमालेलाई सुधार गर्ने धेरै कोसिस गरे पनि त्यो सफल नभएको उनले बताए। उनले भने, ‘गधालाई धोएर गाई नहुँदो रहेछ, एक पटक धोएपछि छोड्नु नि हामी पनि पटक पटक धुनेतिर लाग्यौ।’ 

एमाले काँग्रेसलाई आफूहरूले मूलधारमा ल्याएको हो। ‘माओवादीलाई मूलधारमा ल्यायौँ भनेर उनीहरूले अहिले हास्यास्पद अभिव्यक्ति दिन्छन्,’ उनले भने, ‘वास्तवमा एमाले–काँग्रेसलाई माओवादीले मूलधारमा ल्याएको हो।’ 

माओवादी अन्य दलहरूको संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको एजेन्डामा नगएर माओवादीको सङ्घीयता, गणतन्त्र लगायत एजेन्डाहरूमा एमाले-कांग्रेससहित अन्य दलहरू आएकाले माओवादीलाई मूलधारमा ल्यायौं भन्नु हास्यास्पद रहेको उहाँको भनाइ थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.