निजगढमा बस दुर्घटना : एकको मृत्यु, ४२ जना घाइते

निजगढमा बस दुर्घटना : एकको मृत्यु, ४२ जना घाइते
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

सिमरा : पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा यात्रुबाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ४२ जना घाइते भएका छन् ।  बिराटनगरबाट दाङतर्फ जाँदै गरेको ना८ख ११६४ नम्बरको यात्रुबाहक बस सोमबार बिहान ३ बजे निजगढ नगरपालिका- ८ स्थित उनासी पुलमा दुर्घटना भएको हो । बस उनासी पुलबाट तल खसेको थियो । 

दुर्घटनामा दाङ देवखुरी गटवा गाउँपालिका ५ का ४५ वर्षीय चेतन राय यादवको उपचारका क्रममा मृत्यु भएको छ । निजगढबाट थप उपचारका लागि वीरगन्जस्थित बयोधा अस्पताल लगिएका यादवको उपचारका क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा घाइते भएका ४२ यात्रुमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते हुनेमा बस चालक सल्यान शारदा नगरपालिका ३ का ४० वर्षीय भोलाबहादुर भण्डारी, प्युठान सरुमारानी गाउँपालिका ३ का ४६ वर्षीय ईमा रामु सुनार, सरुमारानी गाउँपालिका १ का ३५ वर्षीय बलबहादुर दमाई, शारदा नगरपालिका ५ का ५५ वर्षीय बलबहादुर मगर, दाङ मटिअर्वाका ३५ वर्षीय दयाराम यादव, दाङ राजपुरका २१ वर्षीय चितराम यादव, प्युठानका ५९ वर्षीय गंगाराम विक, धनकुटा चौबीसे गाउँपालिका ५ की ३५ वर्षीया खेमकुमारी याखा रहेका छन् । 

उनीहरूलाई निजगढबाट थप उपचारका लागि वीरगन्ज लगिएको छ । दुर्घटनामा घाईते भएका अन्यको अवस्था सामान्य छ । दुर्घटनालगत्तै निजगढस्थित नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले घाइतेको उद्धार गरी अस्पताल पठाएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.