पत्रकार शर्माका २ पुस्तक एकैसाथ

पत्रकार शर्माका २ पुस्तक एकैसाथ
सुन्नुहोस्

काठमाडौं : लेखक तथा पत्रकार सुधीर शर्माद्वारा लिखित नेपाल–चीन मामिलाका दुई पुस्तक आइतबार सार्वजनिक भएका छन्। यी पुस्तकहरूमा नेपाल–चीनको इतिहासदेखि वर्तमानसम्मका राजनीतिक र सांस्कृतिक सम्बन्धका आयाम समेटिएका छन्। 

पत्रकार शर्माका नेपालमा गणतन्त्र स्थापनापछिको सम्बन्धका आयाममा ‘हिमालपारिको हुरी’, नेपाल र चीनबीचको सांस्कृतिक, आर्थिक र राजनीतिक सम्बन्धका आधारमा ‘भिक्षु, व्यापार र विद्रोह’ का पुस्तक सार्वजनिक भएका हुन्। काठमाडौंमा पञ्चवीरसिंह तुलाधर र ज्योतिलक्ष्मी शाक्यले दुवै पुस्तकको विमोचन गरेका हुन्। शर्माले यसअघि नेपालको सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा भारत, दरबार र नेपालका राजनीतिक दलहरूको सम्बन्ध र त्यबेलाका राजनीतिक घटनाक्रममा केन्द्रित गरेर ‘प्रयोगशाला’ र ‘नेपाल नेक्सस’ पुस्तक प्रकाशित गरिसकेका छन्। 

यसपटक उनले चीन मामिलाको विषयमा पुस्तक लेखेका हुन्। पुस्तकमाथि विमर्श गर्दै एमाले महासचिव पोखरेलले बदलिएको विश्व परिवेशका सन्दर्भका बारेमा एशियाको विकासका सम्भावनाका बारेमा एशियाकै ज्ञान, सिद्धान्तआधारित विश्व व्यवस्थाको निर्माणका सन्दर्भका बारेमा हामीले विमर्शको थालनी गर्नुपर्ने बताए। ‘एसियाको विकासका सम्भावनाका बारेमा एसियाकै ज्ञान, सिद्धान्तआधारित विश्व व्यवस्थाको निर्माणका सन्दर्भका बारेमा विमर्श सुरु गर्नुपर्छ भन्ने लाग्छ। त्यस अर्थमा नयाँ विश्व व्यवस्थाका सर्जकका रूपमा हाम्रा दुई छिमेकीहरू चीन र भारत अगाडि आउन खोजिरहेका छन्। उनीहरू बढ्दो विकासका कारणले गर्दा पश्चिमा दृष्टिकोणको असर नेपालको राजनीतिमा सहजै परिरहेको छ,’ महासचिव पोखरेलले भने। उनले एशियाकै आँखाबाट नेपालको समृद्धिका सपना देख्नुपर्ने धारणा राखे।

त्यसैगरी, कांग्रेस महामन्त्री गगन थापाले चीनले एकातिर नेपालका सबै दलहरू चीनसँग समान सम्बन्ध राख्नुपर्छ भन्ने र अर्कोतिर वामपन्थीहरू मिल्नुपर्छ भन्दै हिँड्ने गरेको बताए। महामन्त्री थापाले चीनको उक्त नीति बुझ्न कठिन भएको बताए। शर्माको पुस्तकमा नेपाललाई चीनले बुझ्न नसकेको र नेपालले पनि चीनलाई बुझ्न नसकेको कुरा औंल्याएको सुनाए। 

पुस्तकमाथि विमर्श राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्ले र पूर्वसभासद तथा चीन अध्येता लीला न्याँइच्याँइले गरेका थिए। शर्माका पुस्तकहरू किताब पब्लिसर्सबाट प्रकाशित भएका हुन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.