लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा अर्याल नियुक्त
बुटवल : लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगका उपाध्यक्ष र सदस्यहरू नियुक्त गरेको छ । रिक्त रहेको पदाधिकारीमा सोमबार मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षमा बसेको मन्त्रिपरिषद् बैठकले आयोगको उपाध्यक्षमा मालिका गाउँपालिका–८ गुल्मी निवासी डा.डिल्लीराज अर्याललाई नियुक्त गरेको हो ।
सदस्यहरूमा परिवर्तन गाउँपालिका–६ रोल्पाका डा.सुदनकुमार वली, घोराही उपमहानगरपालिका–१६ दाङका भुवन चौधरी र बुटवल उपमहानगरपालिका–१८ रुपन्देही निवासी शान्ता देवी ढकाल नियुक्त भएको प्रदेश सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए ।